रोकियो पेट्रोलियम पदार्थको अन्वेषण

खबरदृष्टि सम्वाददाता ८ आश्विन २०८०, सोमबार १८:१०
फाइल तस्बिर

सुर्खेत । सरकारले दैलेखका स्थानीयसँग कुनै छलफल नगरी अधिग्रहण गरेको र मूल्य चलनचल्ती भन्दा पनि कौंडीको भाउ तोकेपछि मुआब्जा लिन स्थानीयहरुले मानेका छैनन्। जसका कारण पेट्रोलियम पदार्थ अन्वेषणको कामहरु रोकिएको छ। दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा सरकारले गर्न लागेको जग्गा अधिग्रहणमा स्थानीयहरुले जग्गाको मूल्य चलनचल्तीको भन्दा पनि कम भएको भनेर मुआब्जा वितरण हुन नसकेको हो।

जलजलेका १५ परिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। सरकारले दिन लागेको रकम निकै कम भएको भैरवी गाउँपालिका –१ की धिर्जा थापाले बत्ताइन्। ‘स्थानीयसँग छलफल नै नगरी जग्गाको मूल्य न्यूनतम तोकियो।’ धिर्जाले भनिन् ‘आफुहरु बस्दै आएको थकथलो छोड्नुपर्ने त्यो पनि कौंडीको भाउमा।’ सरकारले प्रति रोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिने निर्णय गरेको छ।

तर, स्थानीयहरुले प्रतिरोपनी कम्तीमा चार लाखसम्म दिनुपर्ने माग गरेका छन्। आफुहरुको चित्त बुझ्ने गरी मुआब्जा रकम नदिएसम्म नलिने स्थानीयहरु बताउँछन्। सरकारले आफ्नो ५ रोपनी जग्गा र घर अधिग्रहण गर्न लागेपछि कुनै छलफल समेत नगरेको स्थानीय पीडित पूर्णबहादुर थापाले बताए। ‘उचित मूल्य नभएसम्म दिदैनौं।’

पीडित थापाले भने, अरु नभए पनि चलनचल्तीको भाउ अनुसार मूल्य होस् भन्ने यहाँको समुदायको इच्छा हो।’ खोला र जंगल नजिकै पुस्त पुस्तादेखि बस्दै आएका आफुहरु नयाँ ठाउँमा जाँदा सरकारले पनि जग्गा र घर किन्न सक्ने गरी मुआब्जा दिनुपर्ने स्थानीयहरुको भनाई छ।  यहाँ मुआब्जा निर्धारण समितिले मुआब्जा वितरण गर्नेबारे सार्वजनिक सूचना समेत जारी गरिसकेपछि स्थानीयहरु उचित मुआब्जाको लागि मागहरू राख्दै मुआब्जा नलिने निर्णयमा पुगेका हुन्।

स्थानीयको समस्याबारे मुआब्जा निर्धारण समितिसँग छलफल गरिने भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले बत्ताइन्। मुआब्जाबारे जिल्ला प्रशासन कार्यालयसंग कुरा भइरहेको भण्डारीले बत्ताइन्। सरकारले तोकेको मुआब्जा स्थानीयहरुले लिन नसकिने मुआब्जा पीडित संघर्ष समितिका संयोजक शेरबहादुर थापाले बताए। चलन चल्तीकै मूल्यमा नभए पनि प्रतिरोपनी न्यूनतम तीन लाखसम्म रकम जग्गा धनीले पाउनुपर्ने संघर्ष समितिका संयोजक थापाले बताए।

समयमै मुआब्जा वितरण नहुँदा काम अघि बढ्न नसकेका परियोजनाले जनाएको छ। ड्रिलिङ गर्ने ठाउँ (जलजले) सम्म पुग्ने सडक साँगुरो हुँदा ठुला उपकरण लैजान र मुआब्जा वितरण गर्ने कार्य ढिलाइ हुँदा काम प्रभावित हुने जनाइएको छ।अब हुने अन्वेषणको तेस्रो चरणमा पेट्रोलियम भण्डारणबारे पत्ता लाग्नेछ। पहिलो चरणमा भएको अन्वेषणले प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गरेको थियो। दोस्रो चरणमा अन्वेषणमा स्यास्ट्रिक सर्भे गरेका थिए।

जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरी पेट्रोलियम भण्डारण कति छ कहाँसम्म फैलिएको छ त्यो पत्ता लगाएका थिए। अब यस अघि गरेको अन्वेषणको रिर्पोट अनुसार एक ठाउँमा ४ किलोमिटर तलसम्म ड्रिलिङ हुनेछ जसले गर्दा पेट्रोलियम पदार्थको परिमाण लगायतका कुराहरु पुष्टि गर्ने भूगर्भ विद्हरूको भनाई छ।

दैलेखमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु भएको थियो। कोभिड लगायतका कारणहरु देखाएर अन्वेषणको काम लम्बिएको छ। सडक र मुआब्जा लगायतका नयाँ मुद्दाहरूले अन्वेषण कार्यमा बाधा पुगेको भूगर्भ विद्हरु बताउँछन्। अन्वेषणमा १४ जना चिनियाँ टोलीसँगै ३ जना नेपाली टोलीले काम गरिरहेका छन्।

Next Post

भेरी पम्पिङको गाँठो फुक्यो, वैशाखदेखि निर्माण आरम्भ

८ आश्विन २०८०, सोमबार १८:१०
सुर्खेत । हाल वीरेन्द्रनगरमा वितरण गरिँदै आएको झुप्रा खोला, खरी–बोरी खोलालगायतको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको छ । भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने लामो प्रयास अन्ततः सफल भएको छ । लामो अन्यौलताका बिच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिन आवश्यक सबै […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031