
फागुन १२, सुर्खेत
अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालको प्रमुख आतिथ्यतामा भएको भेलाले नेकपाका केन्द्रीय सदस्य सूर्यबहादुर शाहीको संयोजकत्वमा १४३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।
भेलालाई संवोधन गर्दै प्रमुख अतिथि दंगालले विषम परिस्थितिका वावजुद केपी ओली सरकारले देश विकासको खाका वनाईरहेको समयमा पार्टी भित्रैवाट अवरोध गरिएको आरोप लगाए । उनले नेकपाको भातृसंस्थाको रुपमा महासंघले काम गर्नुपर्ने वताए ।
कृषि क्रान्तिको लागि गाउँ गाउँमा भेला गर्ने, छाँयामा पारिएका किसानहरुको समस्या समाधानका लागि युद्धस्तरमा महासंघलाई गाउँ गाउँमा पु¥याउने र राज्यले कृषि क्रान्तिका लागि गरेको योगदानको वारेमा सुसूचित गर्न हामी सवैले पहल गर्नुपर्छ,’ अध्यक्ष दंगालले भने।
नवनिर्वाचित संयोजक सूर्यबहादुर शाहीले गाउँ गाउँमा कृषि अभियान चलाएर राज्य समक्ष पु¥याउन कमिटी गठन र सदस्यता वितरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाए ।
भेलामा केन्द्रीय सदस्य मनोहर आचार्यले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य बखत भण्डारी लगायतले संवोधन गरेका थिए ।