२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतका टिएन योगीको कांग्रेस महामन्त्रीमा दावी



सुर्खेत २८, जेठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टिएन योगीले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदको दावी गरेका छन् । आगामी भदौमा तोकिएको पार्टीको अधिवेशनवाट आफु महामन्त्रीमा निर्वाचित हुने उनले विश्वास गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनील थापा समूहवाट कांग्रेस प्रवेश गरेका योगीले कांग्रेस सहमहामन्त्री पदमा भने दुवै समूहवाट सकारात्मक जवाफ आएको वताए। भरखरै पार्टी प्रवेश गरेकोलाई कसरी कांग्रेसले महत्त्वपूर्ण पदमा जिम्मेवारी दिन्छ भन्ने प्रश्नमा योगीले सवैले आ- आफ्नै पार्टी योगदान गर्ने गरेको वताए। उनले आफु पनि कुनै पार्टीको उपाध्यक्ष रहेरै कांग्रेसमा समायोजन भएको दाबीसमेत गरेका छन्।

यस्तै, नेपाली कांग्रेसले प्रदेशस्तरीय सम्मेलन सम्पन्न गरेको छ। नेपाली कांग्रेसको आगामी रणनीति र १४ औ महाधिवेशनवारे आयोजना गरिएको छलफल कार्यक्रममा प्रदेश नं १ का जिल्ला सभापतिहरु, क्षेत्रीय सभापति, सांसद र पालिकामा कांग्रेसको तर्फबाट निर्वाचित प्रमुखहरु सहभागी भएका थिए।

छलफल कार्यक्रममा सरकारले कोरोनासंग लड्न नसकेको आरोप लगाईएको छ। स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर नवनेको र ५ वर्षको लागि निर्वाचित संसद पटकपटक विघटन गरिएकोमा आपत्ति प्रकट गरिएको छ।

नेपाली कांग्रेसका संगठन विभाग प्रमुख, पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टिएन योगीलाई प्रमुख वक्ता र विज्ञको रुपमा राखिएको थियो।

आज (शुक्रबार) सम्पन्न भएको प्रदेशस्तरीय राजनैतिक अन्तरक्रिया कार्यक्रमको संयोजन कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले गरेका थिए भने उक्त कार्यक्रमको सभापतित्व उदयपुर जिल्ला सभापति विदुर वस्नेतले गरेका थिए।

भर्चुअल विधिवाट भएको वैठकवाट प्राप्त सुझावहरुलाई आगामी पदाधिकारी एवं केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिने केन्द्रीय सदस्य योगीले वताए।

प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार