२०८३ जेठ १९ , मंगलबार

चौकुनेको वजेट ४८ करोड ७५ लाख: आगामी आवमा आन्तरिक आय २० लाख मात्रै



सुर्खेत १० असार

सुर्खेत पश्चिमको चौकुने गाउँपालिकाले आव २०७८/०७९ का लागि ४८ करोड ७५ लाख ७० हजारको बजेट ल्याएको छ ।

‘चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार भन्ने मुल नाराका साथ विहीवार (आज) चौकुनेको गुटुमा भएको वजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाले सशर्त अनुदान अन्तर्गत संघीय सरकार र कर्णाली प्रदेश सरकारबाट २७ करोड ५८ लाख १२ हजार पाउने सार्वजनिक गरिएको छ।

यस्तै, गाउँपालिकाले निशर्त अनुदान अन्तर्गत कर्णाली प्रदेश बित्तिय हस्तान्तरणवाट १ करोड ८ लाख ९६ हजार पाउनेछ।
कर्णाली प्रदेश सरकार सवारी साधन कर बाँडफाँड बापत ५ लाख ५२ हजार र संघीय सरकार राजस्व बाँडफाँड अन्तर्गत ९ करोड ४५ लाख १० हजार वजेट व्यवस्था भएको छ।

नेपाल सरकारको समानिकरण अनुदान बापत १० करोड ३८ लाख पाउने चौकुुने सरकारको आगामी आवमा जम्मा २० लाख आन्तरिक आय हुने अनुमान गरिएको छ। आगामी आवको लागि आय र व्ययको अनुमान गाउँ पालिकाका उपाध्यक्ष निर्मला रानाले गाउँ सभा समक्ष पेश गरेकी थिईन।

 

प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार