
सुर्खेत १०, असार
सुर्खेतमा २७ हजार २ सय ९६ जनालाई कोरोनाबिरुद्दको कोभिसिल्डको पहिलो डोज दिईएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको एक कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले
१८ हजार ७ सय ७ जनालाई कोभिसिल्डको दोश्रो डोज लगाउन वाँकी रहेको जानकारी दिए।
‘६ हजार १ सय ५३ जनालाई चीनवाट आयात गरिएको भेरोसेल खोपको प्रथम डोज दिईएको र दोश्रो डोज खोप वाँकेको मेडिकल स्टोर नेपालगंजमा राखिएको छ,’ प्रमुख वाग्लेले खोपको अवस्था वारे जानकारी दिदै भने। भेरोसेल खोप पहिलो खोप लगाएको मितिले तेस्रो हप्तापछि लगाउने योजना रहेको वाग्लेले वताए।
गत चौविस घण्टामा १ हजार २ सय ५० जना मानिसहरु विभिन्न नाकावाट सुर्खेत आएको र यी मध्ये १०% को संख्यामा भारतवाट आउने मानिस भएको जनस्वास्थ्य प्रमुख वाग्लेको दाबी छ।
दोश्रो भेरियन्ट सुरु भएपछि सुर्खेतमा कोरोनावाट १ सय ५५ जनाको मृत्यु भएको उनले वताए। सुर्खेतमा अहिले ४ सय ६ जना कोरोना संक्रमित रहेको र वीरेन्द्रनगरमा मात्रै २ सय ८९ जना भएको जानकारी दिए।
प्रदेश अस्पताल कालागाउमा १४ जना कोरोना संक्रमितको उपचार भैरहेको र यी मध्ये ५ जना भेन्टिलेटर रहेको वाग्लेको भनाइ छ।