२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतमा प्रधानमन्त्री ओलीको समर्थनमा युवा संघको प्रदर्शन



सुर्खेत २७, असार

राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा गरेको प्रदर्शन अन्तर्गत आज सुर्खेतको वीरेन्द्रनगरमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ।

स्थानीय मंगलगढी चोकवाट सुरु भएको प्रदर्शन वीरेन्द्रचौकमा पुगेर समापन भएको थियो। प्रधानमन्त्री ओलीको समर्थन गर्दै जम्मा भएका युवा संघका कार्यकर्ताहरूले उनको समर्थनमा नारा जुलुससहित नाचगान गरेका थिए।

उनीहरुले ‘जहाँ ओली त्यहाँ एमाले, जहाँ ओली त्यहाँ सूर्य, आई लव यू केपी बा जस्ता नारा लगाएका थिए। युवा संघले गरेको प्रदर्शनमा विपक्षी गठबन्धनविरुद्व चर्को नाराबाजी भएको थियो।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्रीमाथि विपक्षी गठबन्धनले गरेको घेराबन्दीको युवा संघले डटेर सामना गर्ने प्रतिवद्धता जनाईएको थियो।

र्यालि पछि आयोजित सभालाई राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश युबा इन्चार्ज बिष्णु घिमिरे (उज्ज्वल), युवा संघका स्थायी कमिटी सदस्य गणेशमान खनाल लगायतले संवोधन गरेका थिए।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य किरण सापकोटा केन्द्रीय सदस्य बासु आचार्य, निर्मल बिष्ट ,जीवन अधिकारी,धनिराम आचार्य, हेमन्तकुमार मल्ल लगायतको सहभागीता रहेको थियो।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष कमल खड्का (जुनी) ले गरेका थिए।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतबार