
सुर्खेत ३२, साउन
नेकपा एमालेले पार्टीको भावी रणनीति तय गर्न भोलि दिउँसो ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक आव्हान गरेको छ ।
अध्यक्ष ओली निवास वालकोटमा आज आकस्मिक रुपमा वसेको स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले भोलिका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो।
स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माका अनुसार स्थायी कमिटी वैठक च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक एमाले संसदीय दलको कार्यालय बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा देउवा नेतृत्वको वर्तमान् सरकारले गरिरहेका काम कारबाही र सरकारले ल्याउन सक्ने दल विभाजन अध्यादेशका बारेमासमेत छलफल भएको थियो। एक सदस्यले दिएको जानकारी अनुसार अध्यादेश आउने संभावना देखिएकाले कम क्षति हुनेगरी योजना वनाईने छ। एमालेवाट संघीय सांसदका रुपमा पठाएका समानुपातिक सांसदहरूलाई फेर्नेसम्मको निर्णय लिईने उनले दाबी गरे।