
जाजरकोट–६, भदौं
केन्द्रमा नेकपा एमाले विभाजनको संघारमा भएपनि स्थानीय स्तरमा भने विभाजनको असरले छोएको छैन। देशका विभित्र भागहरुमा एमाले प्रवेशको लहर नै देखिएको छ।
यसैक्रममा जाजरकोटको नलगाड नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरि जिल्लाको एक गाउँका सवै नेकपा एमालेमा प्रवेश गरेका छन् । नलगाड नगरपालिका १, अनापानीका ३५ भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस, माओवादी र राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेको प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इन्चार्ज विरबहादुर गिरीले जानकारी दिए ।
वडा कमिटीको कार्यालय स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला समिती सदस्य वीरबहादुर पुन, अमबहादुर चनारा, नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य शान्तबहादुर वि.क, रक्तिम वि.क, पुर्णबहादुर वि.क, टकबहादुर महर, लुसबहादुर पुन, मनबहादुर वि.क, जगमोहन वि.क, भद्रे घेत्माल र चन्द्र बहादुर वि.क माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह लगायतका नेताहरुले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउदै अविर र माला लगाएर स्वागत गरेका थिए।

अविलाल वि.क, चन्द्रकला वि.क, शुसिला, वि.क, सिता वि.क, अस्मिता वि.क, पार्वती वि.क, खले दमाई, सदे घर्ती, लछे कामी लगायतका माओवादीका स्थानीय कार्यकर्ताहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । माओवादी , कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको उनीहरुले स्पष्टीकरण दिएका छन।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका वडा सदस्य पुर्णप्रसाद जैसी लगयतले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नलगाड नगरपालिकामा एमाले प्रति जनलहर बढ्न थालेको छ । एमालेका स्थानिय नेताहरु धनबहादुर रावल, सुरेश नेपाली, प्रकाश वि.क, धनविर चदारा, जनक नेपाली लगायतको सकृयता पार्टी प्रवेशको कार्यक्रम भएको थियो।
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह, धर्म शाही पुर्व पार्टी सचिव नवराज सिंह, प्रेश चौतारीका प्रदेश इन्चार्ज विरबहादुर गिरी लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै उचित जिम्मेवारी दिएर पार्टीमा कृयाशील बनाउने प्रतिवद्धता जनाएका छन् ।