२०८३ वैशाख १३ , आइतबार

माओवादी नेता कृष्णबहादुर महरा पक्राउ



काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आज रुपन्देहीको भैरहवाबाट महरा पक्राउ परेका हुन् ।  उनलाई काठमाण्डु ल्याउन लागिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै महरा पक्राउ परेका हुन् ।  पक्राउ परेका महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लाँदैछन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार