२०८३ जेठ २० , बुधबार

वीरेन्द्रनगरमा तरुण दल सदस्य माथि खुकुरी प्रहार



भदौं ११, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका सदस्यमाथि खुकुरी प्रहार भएको छ । वीरेन्द्रनगर ४ निवासी सन्तोष गिरीमाथि शुक्रबार बेलुका करीब साढे सात बजेतिर वीरेन्द्रनगर नगरपालिका वडा नं ८ धमला चोक नजिक खुकुरी प्रहार भएको हो ।

धमला चोकस्थित झिलिमिली रेष्टुरेन्टमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले उनी माथि खुकुरी प्रहार गरेको थियो ।

तीनवटा मोटरसाइकलमा आएका ३ जनाले गिरीलाई मोटरसाइकलबाट झरेर खुकुरी प्रहार गरेको गिरीका आफन्त वीरेन्द्रनगर ८ निवासी सागर शाहीले जानकारी दिए । उनका अनुसार हिजो विहीवार गिरी र आक्रमणकारीहरु वीच वीरेन्द्रनगरको एक होटलमा वादविवाद भएको आफुले सुनेको वताए ।

खुकुरी प्रहारबाट गिरीको दायाँ र बायाँ हात काटिएको छ । उनको हाल माया नर्सिङ होममा उपचार भइरहेको र उनी खतरामुक्त अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन ।

यस बारेमा थप जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतको फोन उठेन ।

प्रकाशित मिति : २०७८ भदौ ११ गते शुक्रबार