२०८३ जेठ २० , बुधबार

वन कार्यालयकै सेटिङ्मा ल्याउदै गरेको अवैध काठ प्रहरी नियन्त्रणमा



भदौं १८, सुर्खेत

प्रहरीले अवैध काठसहित चारवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको ओदालतालबाट ती ट्रक नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

ट्रकमा लोड गरिएको करिब तीन हजार क्युफिट साल जातको काठ प्रहरीले बरामद गरेर डिभिजन वन कार्यालय सुर्खेतमा बुझाएको छ । वीरेन्द्रनगर १ सुर्खेतमा रहेको दिपमाला सःमिलका संचालक एवम् नेकपा माओवादीका स्थानीय कार्यकर्ता राजेन्द्रदेव गिरीले ल्याउँदै गरेको अवैध काठ बरामद गरिएको प्रहरी श्रोतले बताएको छ ।

पश्चिम बेतान कुल्लु हुदै वीरेन्द्रनगर ल्याउँदै गरेको उक्त काठ प्रदेश प्रहरी कार्यालय व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।
१ हजार ६ सय ५५ क्युफिट काठ ल्याउने ईजाजत लिएपनि उनीहरुले अनुमतिभन्दा धेरै परिमाणमा काठ ल्याउन लागेको सूचना प्रहरीले पाएको थियो ।

श्रोत भन्छ, ’३ हजार भन्दा वढि क्यूफिट काठ सेटिङ्मा ल्याईदै थियो ।’ वन कार्यालयको मिलेमतोमा ल्याउन लागेको काठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिभिजन वन प्रमुख गोविन्द दाहालले बरामद काठको परिमाण यकिन नभएको जानकारी दिए । उनले यो काठ अन्यत्र क्षेत्रबाट आएको र आफ्नो कार्यक्षेत्रमासमेत नपर्ने भएकोले कार्वाही गर्न माथिल्लो निकायमा पठाएको वताए । उनले कार्वाहीका लागि प्रदेश वन निर्देशनालयमा पठाइएको जानकारी दिए ।

वरामद गाडीका चालक र सहचालकलाई प्रहरीको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार