२०८३ जेठ १८ , सोमबार

ब्राउनसुगरसहित वीरेन्द्रनगरवाट एक पक्राउ



भदौं २२, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित एक २८ वर्षिय व्यक्ति पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटीकोईली वस्ने कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध ब्राउनसुगरसहित मंगलबार वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

विशेष सुराकीले दिएको सूचनाको आधारमा कर्णाली प्रदेश लागू औषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शाहीलाई रंगे हात पक्राउ गरेको हो ।

ब्राउनसुगरसहित पक्राउ परेका शाहीको वारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार