२०८३ जेठ २० , बुधबार

एमसीसी खारेज गर्न व्यापक आन्दोलनको आवश्यक्ता



भदौं २४, सुर्खेत

माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रीय समितिका अध्यक्ष भरतबहादुर शाहीले एमसीसी सम्झौता खारेज गर्न ब्यापक आन्दोलनको आवश्यक्ता औंल्याएका छन् ।

विहीवार सुर्खेतको वीरेन्द्रनगरमा माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रीय समितिले आयोजना गरेको mcc विरुद्धको विरोधसभा कार्यक्रमलाई प्रमूख अतिथिको रुपमा सम्वोधन गर्दै शाहीले षडयन्त्रमूलक र दमनकारी हिसाबले राष्ट्रियताको अभियान नरोकिने बताए । उनले भने,‘सत्ताले जहिले पनि राष्ट्रियताको रक्षाको लागि आन्दोलन वा अभियान संचालन गर्नेलाई कालो देख्ने गर्दछ । यसले राष्ट्रियताको रक्षा गर्ने आन्दोलन रोकिदैन् ।

सम्बोधन कै क्रममा उनले नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको दिन पारेर राष्ट्रघाती सम्झौता गर्नका लागि दवाद दिन एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएको दाबी गरे ।

उनले बाध्यतावस यो अभियानले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको विषयमा आजकै दिन विरोध कार्यक्रम गर्नु परेको बताए । सामान्य अबस्थामा आएका पाहुनालाई स्वागत सत्कार गर्ने नेपालीको संस्कृति भएपनि गलत उद्देश्य वोकेर आएकोले विरोध गर्नुपरेको स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद बिस्तार गर्नुपर्ने आफ्नो प्रमुख दायित्वबाटै पछि हटेर प्रमुख प्रतिपक्षलाई बलि चढाएरै भय पनि mcc पास गरि छाड्ने षडयज्त्रमूलक ढङ्गले लागेको वताए । २०५२ सालमा शेरबहादुर देउबा प्रधानमन्त्री हुँदा सांसदहरुलाई खरिदबिक्री गरेर अहिले कै सत्तापक्ष र प्रतिपक्ष मिलेर महाकाली सन्धी पारित गराएको दाबी गरे ।

अहिले पनि एमसीसीका अधिकारी कै निगाह र उपस्थितिमा आगामी चुनाबमा खर्चको जोहो गर्नका लागि व्यापक आर्थिक चलखेल,सांसद खरिदबिक्री गरि एमसीसी पारित गरिने संभावना रहेको उनको भनाइ थियो ।

उनले राष्ट्रघाती माथिल्लो कर्णालीको समय फेरी थप गर्ने प्रपन्च भईरहेको उल्लेख गर्दै वहुआयामिक, सस्तो जलविद्यूत परियोजना नेपालले नै बनाउनु पर्नेमा जोड दिए । जिएमआरसंग भएको सम्झौता खारेज गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य कमलविक्रम शाहीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको आन्दोलनमा राष्ट्रिय जनमोर्चाको पूर्ण समर्थन रहेको बताउँदै एमसीसी नेपालका लागि घातक सिद्ध हुने वताए । कार्यक्रम बीरेन्द्रनगरको वीच वजार वीरेन्द्र चौकबाट नारा जुलुस सहित बजार परिक्रमा गर्दै स्थानीय घण्टाघर चोक नजिक पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : २०७८ भदौ २४ गते बिहीबार