
भदौं २६ , रुकुम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । शनिबार मोहनलाल खत्रीको अध्यक्षतामा रातामाटामा सम्पन्न भएको भेलाले गङ्गाराम खड्काको अध्यक्षतामा ३९ सदस्यीय मुसिकोट वडा नम्बर २ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा महेश्वर क्षेत्रीयाल, सचिवमा प्रेम थापा, उपसचिव बेलमता खत्री र सदस्यहरुमा सुवर्ण पुन, बिर्खध्वज पुन, टेकबहादुर खडका, परसुराम खत्री, कुमारी थापा, चिताराम सुनार, हिरे कामी, धनबिर खत्री, गनेश खडका रहेका छन् ।
यस्तै, गठित अन्य सदस्यहरु शशिराम खडका, डम्मर बिक, सुदिक्षा ओलि थापा, पम्फा दङ्गी केसी, मदन खडका, सुनिता बिक, अनिता बिक, सीता खडका बाठा मगर, गोपाल खत्री रहेका छन् ।
देशका अन्य जिल्लाको तुलनामा कमजोर मानिएको रुकुममा गठित वडा कमिटीका अन्य सदस्यहरुमा काले पुन, जयमान पुन, चामे पुन, मैजर पुन, बेलमता खत्री पुन, टेकबहादुर पुन, टिकाराम क्षत्रीयाल, गोविन्द बिक, डम्मर बिक, सेविका केसी, बिरजङ्ग अधिकारी र यमुना खत्री रहेका छन् ।
भेलामा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य तथा रुकुम जिल्ला कमिटी कार्यालय सदस्यहरु नारायणकुमार शाह र नन्दराम देवकोटाले आतिथ्यता र उपस्थितहरुलाई प्रशिक्षण दिएका थिए ।