२०८३ वैशाख ४ , शुक्रबार

पत्रकारिता भित्र मानवअधिकारको विषय



भदौं २६, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकारमैत्री पत्रकारिता विषयक तीन दिने तालिम सुरु भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शनिबारदेखि सुरु भएको मानवअधिकारमैत्री पत्रकारिता विषयक तालिमको उद्धाटन गर्दै आयोगका सदस्य लिली थापाले पत्रकारिता भित्र मानव अधिकारको विषयलाई मूल प्रवाहीकरण गरिनुपर्नेमा जोड दिएकी छन् । उनले मानवअधिकारको संरक्षणमा पत्रकारको महत्वपुर्ण भूमिका रहने वताईन ।

कार्यक्रममा संचारिका समुह कर्णाली प्रदेशका अध्यक्ष टिका बिष्टले मानवअधिकारको क्षेत्र ठुलो भएकाले समाचार लेखनमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिईन ।

जातिय विभेद, महिला र बालबालिकाको सवाल उठाउन जरुरी भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले जोड दिए । उनले पत्रकारलेसमेत मानवअधिकारको विषय उठाउन आवश्यक रहेको बताए ।

आयोगका सह–सचिव नवराज सापकोटाले पत्रकारिता र मानवअधिकारका विषयमा छलफल हुने भएकाले यस तालिमबाट महत्वपुर्ण मुद्दा उठ्नेमा विश्वास व्यक्त गरे । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले पत्रकारले सहि मार्गदर्शन गर्न सके मानवअधिकारको रक्षा हुने बताए ।

प्रकाशित मिति : २०७८ भदौ २६ गते शनिबार