२०८३ जेठ २० , बुधबार

एक करोड लागतमा वनेको सिम्ताको वडा भवन उद्घाटन



भदौं २८, सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ३ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । उक्त गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले नवनिर्मित भवनको उद्घाटन गरेकी हुन् ।

सिम्ता गाउँपालिकाको एक करोड लगानीमा भूकम्प प्रतिरोधात्मक एकतले भवनमा हलसहित ८ कोठा रहेका छन् । भवनको उद्घाटन गर्दै उपाध्यक्ष शाहीले नागरिकहरुलाई सबै सेवा सुविधा एकद्वार प्रणालीबाट दिने उदेश्य वमोजिम भवन निर्माण गरिएको वताईन । उनले सिम्ताको समग्र विकासका लागि आफुहरु लागिरहेको र विकास निर्माणले पनि गति लिईरहेको दाबी गरिन ।

साविकको आग्रीगाउँ गाविस वीरेन्द्रनगरमा सम्पर्क कार्यालय राखी संचालन भएकोमा स्थानीय तहको निर्वाचन पछि प्रावि आग्रीगाउँको एउटा कोटाबाट वडाभरीका जनतालाई सेवा प्रवाह गरिरहेको थियो ।

कार्यक्रममा पूर्व गाविस अध्यक्ष गणेशबहादुर बुढा, साविक आग्रीगाउँका वडा अध्यक्षहरु र भवन निर्माणमा सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष भुवानबहादुर बुढा,अमर सिह ठकुरी र रूद्रबहादुर बुढालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ भदौ २८ गते सोमबार