
सुर्खेत २९ भदौं
कर्मचारी युनियन सुर्खेतका अध्यक्ष राजेशकुमार बुढा नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन। सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत सिअहेब बुढा काँग्रेसको प्रतिनिधिमा छनौट भएका हुन।
बीरेन्द्रनगर ८ सुर्खेतमा स्थायी वसोवास गरेका बुढा यहाँबाट चुवाब हार्ने निश्चित देखिएपछि सुटुक्क दैलेखको माहावु गाउँपालिका वडा नम्बर ३ बाट प्रतिनिधि वनेका थिए।
सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मीको वडामा उनको टिमको अवस्था ज्यादै कमजोर भएपछि उनी दैलेख हानिएका थिए। बुढा देैलेखको क्षेत्र १ को ९ख० महावुबाट प्रतिनिधि आएका हुन।
बुढासंगै प्रतिनिधि आउने सम्भावना कम भएपछि अन्य नेताहरुपनि आफु अनुकुल क्षेत्रबाट प्रतिनिधि आउने होडमा लागेका छन।
कर्मचारी ऐनमा कुनैपनि कर्मचारी राजनीतिक गर्न नपाउने कानुनी व्यवस्थालाई लत्याउँदै बुढा खुला राजनीतिमा आएका छन। बुढा काँग्रेस महाधिवेशन आएसंगै उनी कार्यरत भेरीगंगा नगरपालिका सुर्खेत जान छोडेर राजनीतिमा सक्रिय हुन थालेका छन।
युनियनका अध्यक्ष वुढालाई कसरी पार्टीको प्रतिनिधि वन्नु भयो भनी प्रश्न गर्दा उनले कांग्रेस पार्टीको प्रतिनिधि वन्न मिल्ने नमिल्नेवारेमा सम्वन्धित क्षेत्रमा खटिएका निर्वाचन अधिकृतलाई सोध्न आग्रह गरे। नमिल्ने भएको भए आफुलाई कसरी निर्वाचित गरियो भन्दै प्रतिप्रश्न गरे।
यसवारेमा प्रतिक्रिया लिन खोज्दा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेपाली कांग्रेसको विधानले शिक्षक र कर्मचारीहरुलाई पार्टी प्रतिनिधिमा आउन मिल्ने या नमिल्ने वारे केही नवोलेकोले आफुले केही नवोल्ने भन्दै थप जानकारीका लागि सम्वन्धित निकायमा वुझ्न अनुरोध गरे।
वुढा भेरीगंगा नगरपालिका सुर्खेतको स्वास्थ्य शाखामा कार्यरत छन। स्वास्थ शाखामा आफुभन्दा सिनियर व्यक्ति हुँदाहुँदै पावरको भरमा उनी शाखा प्रमुख वनेकोमा कांग्रेस भित्रै उनको चर्को आलोचना हुने गरेको छ।