२०८३ वैशाख ३ , बिहीबार

कविराम पुरी राप्रपाको अध्यक्षमा निर्वाचित



असोज १, सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको समायोजन पछिको पहिलो अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनले सुर्खेतको वावियाचौर निवासी युवा कविराम पुरीलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनवाट २३ जना जिल्ला कमिटी सदस्यहरुसमेत चयन भएका छन् ।

कुल निर्वाचित संख्याको २५ प्रतिशत कार्यसमिति सदस्य पछि मनोनित गर्नेगरी अधिवेशन समापन भएको नवनिर्वाचित अध्यक्ष कविराम पुरीले जानकारी दिए ।

२५ प्रतिशत मनोनित पछि पदाधिकारीहरु चयन गरिने अध्यक्ष पुरीले वताए । उनले हप्ता दश दिनभित्रै जिल्ला कार्यसमितिको वैठक वसालेर कार्यसमितिलाई पूर्णता दिईने र आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने जानकारी दिए ।

अध्यक्ष पुरीले मुलुकमा देखा परेको राजनीतिक अस्थिरतालाई लिकमा ल्याउन आफ्नो पार्टीले भूमिका खेल्ने वताए । संघीयताको खारेजी, हिन्दु राष्ट्रको स्थापना, अभिभावकीय भूमिकामा राजसंस्थाको पुनस्थापना र एमसीसी लगायतका राष्ट्रविरोधी परियोजनाहरुको खारेजीको माग राख्दै दशैतिहार लगत्तै सडक आन्दोलन गरिने उनको भनाइ छ ।

अधिवेशन उक्त पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य मुकुन्दश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रबार