
सुर्खेत ३ असोज
अनेरास्ववियु केन्द्रीय सचिवालयको बैठकबाट उक्त संगठनको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् ।
शनिबार काठमाडौंमा भएको वैठकले बरिष्ठ उपाध्यक्षमा आर। सी। लामिछाने, उपाध्यक्षहरु मोति विक, डिबी साँउद, यम पाण्डे, लोकेश निरौला, कल्पना वाइवा, निशा अधिकारी र महासचिवमा समिक बडाललाई चयन गरेको छ।
उप-महासचिवमा नरेश रोकाया, नारायण घर्ती, सुदर्शन सिवाकोटी लगायतलाई चयन गरिएको छ।
सुर्खेतबाट अनेरास्ववियुको सचिवालयमा धुपेन्द्र शाही, प्रेम खड्का, चक्र शाही, सत्य शाही र केन्द्रिय सदस्यमा निकुन्ज पाण्डे, प्रभात पोखरेल र विवेचना खनाल चयन भएका छन्।
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार