२०८३ वैशाख ४ , शुक्रबार

जण्डिसले समाजसेवी सुवेदीको निधन



असोज ५, सुर्खेत

विभिन्न गैरसरकारी संघ संस्थामा आवद्ध सुर्खेतको वीरेन्द्रनगर वडा नं १२ नेवारे स्थायी घर भएका ओमप्रकाश सुवेदीको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

सुवेदीको उपचारको क्रममा मंगलबार अपराह्न १ः३० बजे ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । जण्डिस रोगका विरामी सुवेदीले भदौको दोश्रो हप्ता सुर्खेतको एक नर्सिङ होममा स्वास्थ्य परिक्षण गर्दा जण्डिस रोगले निकै च्यापिसकेको जानकारी पाएका थिए ।

त्यसलगत्तै उनी थप उपचार गर्न काठमाडौं पुगे । एक आफन्तको घरमा वसेर नियमितरूपमा चिकित्सकसंग परामर्शमा रहेका उनलाई रोगले निकै च्यापेपछि २ दिन अघि मात्रै काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

अत्यन्तै मिलनसार छवि वनाएका सुर्खेतका चर्चित व्यक्तित्व सुवेदी साहारा क्याम्पस सुर्खेतका अध्यक्ष रहेका थिए । जिल्ला बाल संगठन सुर्खेतका सभापति, ग्रामीण जागरण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक तथा वर्तमान अध्यक्ष, समाज जागरण केन्द्र (स्याक) नेपाल का संस्थापक तथा पुर्व महासचिव, जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष, सुवेदी कल्याण प्रतिष्ठान, सुर्खेतका अध्यक्ष, नेप्सकुनका कर्णाली प्रदेश सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।

नेकपा एमाले सुर्खेतका जिल्ला नेता, जिल्ला प्रतिनिधि परिषद्का पूर्व सदस्य सुवेदीको निधन प्रती नेकपा एमाले कर्णाली प्रदेशले दुख व्यक्त गरेको छ । उक्त पार्टीका कर्णाली प्रदेश सहसंयोजक यमलाल कँडेलले सुवेदीको निधनमा दुख प्रकट गरेका छन ।

मृतक सुवेदीको शव लिएर मंगलबार साँझ काठमाडौंदेखि हिडिसकेको छ । उनको पार्थिव शरीर वुधवार दिउँसो सुर्खेत आईपुगेपछि आफ्नै निवास वीरेन्द्रनगर १२, नेवारेमा श्रद्धान्जली कार्यक्रम हुने आफन्तहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मंगलबार