
सुर्खेत १० भदौं
नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको आयोजनामा सुर्खेतको चौकुनेमा एक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष धुर्बकुमार शाहीले शिक्षक संगठन नेकपा एमालेको मेरुदण्ड भएको वताए। नेकपा एमाले नै वर्तमान समयमा उत्कृष्ट पार्टी भएको भन्दै पार्टी छोडेर जानेहरु कांग्रेस र माओवादीको पिछलग्गु भएको आरोप लगाए। शिक्षा क्षेत्रको सुधारका लागि एमालेले विभिन्न कार्यक्रमहरुको घोषणा गरेपनि आफुहरुलाई काम गर्न नदिईएको उनको भनाइ थियो।
भेलालाई नेकपा (एमाले) चौकुनेका अध्यक्ष हरि प्रसाद अधिकारी, चौकुने गाउँ पालिकाका अध्यक्ष धिरबहादुर शाही, उपाध्यक्ष निर्मला मगर, शिक्षक नेताहरू डिलाराम भन्डारी, हरि ढकाल, तिर्थ शाही, ओम दर्लामी लगायतले संवोधन गरेका थिए।
नेपाल राष्ट्रिय शिक्षक संगठन चौकुनेका अध्यक्ष इन्द्र जोशीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो।