२०८३ वैशाख ४ , शुक्रबार

आगामी फाल्गुनसम्म मदन भण्डारी राजमार्ग टेण्डर हुन्छ: पूर्व स्वास्थ्य राज्यमन्त्री रावत



सुर्खेत १० भदौं

नेकपा एमालेको चौकुने गाउँ पालिका वडा न ५ मा पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार मायातालमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य नवराज रावतले पार्टी विभाजनको मुख्य मतियारहरुलाई आगामी निर्वाचनले तह लगाईदिने वताए।

उनले आगामी फाल्गुन भित्र मदन भण्डारी राजमार्गको टेण्डर भई निर्माण कार्य थालिने वताए। रावतले चौकुनेमा अस्पताल शिलान्यास भै काम सुरु गरिन लागेको जानकारी दिए।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रमको बिशेष आतिथ्यता पार्टीका जिल्ला कमिटी सदस्य एवम् चौकुने गाउँ कमिटीका अध्यक्ष हरिप्रसाद अधिकारीले गरेका थिए।

कार्यक्रममा अतिथिहरु गजराज बयक,गोपाल बिसी,हरिश्चन्द्र थापा, मिनसिङ थापा,लछिराम पुलामी,कमला बिक,बल बहादुर थापा, डिल्ली बिक,हर्क मास्की,रतन मास्की, वडा नं ५ का अध्यक्ष तुलाराम हिस्की र रतन चलाउने लागायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार