२०८३ वैशाख २६ , शनिबार

मपको परीक्षा अनलाईनबाटै हुने



मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।
पहिलो चणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले बताए ।
परीक्षा यहि असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदैछ ।
यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै मिड ट्रम (सेमेस्टारको बीचमा लिइने) परीक्षा गरेको थियो । ‘करिब ६ हजार विद्यार्थीले (अनलाइनबाटै ) परीक्षा दिइसकेका छन्,’ प्रमुख सुवेदीको भनाई छ ।
विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ भने बिहान ८ बजे इमेलबाट परीक्षार्थीहरुलाई प्रश्नपत्र पठाइनेछ ।
सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखि विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ ।
कर्णालीको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार