२०८३ वैशाख ४ , शुक्रबार

केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकोमा कर्मचारी संगठनको विरोध: प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाईयो



सुर्खेत १० असोज

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा नेपाल सरकारबाट तालाबन्दी गरिएको भन्दै विरोध जनाएको छ। प्रधानमन्त्री शेरवहादुर देउवालाई आईतवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत उक्त ज्ञापनपत्र वुझाईएको छ।

संगठनका सुर्खेत जिल्ला उपाध्यक्ष हिराकुमारी पौडेल र सचिव हेमन्त चुनाराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संगठनको केन्द्रीय कार्यालयमा सरकारी पक्षवाट लगाईएको ताला खोलेर काम गर्ने सहज वातावरण वनाईदिन अनुरोध गरिएको छ।

ज्ञापनपत्रमा केन्द्रीय कार्यसमितिको गत असोज २ गते काठमाडौंमा सम्पन्न आठौं वैठक र राष्ट्रिय भेलामा राष्ट्रिय कर्मचारी संगठन९निजामती० को ठूलो संख्या र शक्ति निजामती कर्मचारी संगठनमा एकीकृत भएको उल्लेख छ।

यसैगरी, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पुराना पदाधिकारीहरुलाई फिर्ता गरि नयाँ पठाउने निर्णय गरिएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराईएको छ।

ज्ञापनपत्रमा गत असोज ४ गते दिनको ४:४५ वजे नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय ववरमहलमा आई उछृङ्खल नारावाजी गर्ने, संगठनको व्यानर र झण्डा च्यात्ने, ढुंगामुढा गर्ने जस्ता अपराधिक कार्य गर्नेलाई कार्वाही गर्नुको सट्टा उल्टै संगठनका आधिकारिक पदाधिकारी र सदस्यहरुलाई कार्यालय भित्रैवाट पक्राउ गरी, कृतिम विवादको वहाना वनाई कार्यालयमा तालाबन्दी गरेको प्रती घोर निन्दा, आपत्ति र भर्त्सना गरिएको छ।

यसलाई वेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम गर्न संगठन वाध्य हुने र यसवाट सिर्जना हुने सम्पूर्ण परिणामको जिम्मेवार नेपाल सरकार हुने चेतावनीसमेत दिईएको छ।

देशभरका ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सुर्खेतवाट ज्ञापनपत्र बुझाउने कार्यक्रममा आयोजक कमिटीमा रुपान्तरित केन्द्रीय अनुशासन आयोगका संयोजक प्रयागराज शर्मा, केन्द्रीय सदस्यहरु पिताम्वर पौडेल, शंकरप्रसाद भट्टराई, सुरेन्द्र शाही र पेशागत महासंघ सुर्खेतका अध्यक्ष एवम् संगठनका पूर्व अध्यक्ष केशर डाङ्गीका साथै संगठनका अर्का पूर्व अध्यक्ष नन्दवहादुर विसीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार