२०८३ वैशाख ४ , शुक्रबार

हिमोफोलिया सोसाईटीको प्रथम साधारणसभा सम्पन्न : हिमा वस्नेत र लक्ष्मीप्रसाद शर्मालाई सदस्यमा थपियो



असोज १६, सुर्खेत

हिमोफोलिया सोसाईटी नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक एवम् कार्यक्रमका प्रमुख अतिथि डा. डम्बर खड्काले नेपाल सरकारले दिएको सुविधा अनुसार हिमोफोलियाहरुका लागि प्रदेश अस्पतालमा २ शैयाको वार्ड स्थापना गरिएको वताए । उनले स्वास्थ्य मन्त्रालयको निर्देशन वमोजिम हिमोफोलिक वार्ड रहने र त्यसमा फोकल पर्सन सहित सवै प्रकारका डाक्टरहरुको वोर्ड राखिने जानकारी दिए ।

वालरोग विशेषज्ञ एवम् संस्थाका सल्लाहकार डा. प्रदिप पौडेलले आफुले हिमोफोलियाहरुको सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफु जहाँ रहेपनि विरामीहरुको सेवामा खट्ने वताए ।

कार्यक्रममा डा. दुजशंकर शाह, भरत देवकोटा, राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका सचिव यज्ञप्रसाद देवकोटा, मध्यपश्चिम अपांग समाजका अध्यक्ष नन्दप्रसाद चौलागाईका साथै सोसाईटीका केन्द्रीय सदस्य द्वय भरत खड्का र वावुकाजी श्रेष्ठ आदिले मन्तव्य राखेका थिए ।

उक्त साधारणसभामा सोसाईटीका अध्यक्ष यज्ञ ढकालले हिमोफोलिया सोसाईटीले २ वर्षको अवधिमा गरेको गतिविधिहरुको जानकारी गराउदै राष्ट्रिय जनगणना २०७८ र हिमोफोलियाहरुको अवस्थाको वारेमा जानकारी गराएका थिए ।

प्रदेशका १० ओटै जिल्लाका प्रतिनिधिहरुले भाग लिएको उक्त साधारण सभाले हिमा वस्नेत र लक्ष्मीप्रसाद शर्मालाई प्रदेश सदस्यकारुपमा चयन गरेको छ । कार्यक्रमको संचालन सोसाईटीका सचिव लक्ष्मी पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार