
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे कर्णाली प्रदेश समिति गठन गरिएको छ। महासंघका कर्णाली प्रदेश संयाेजक रामजी शाहकाे अध्यक्षतामा भएको भिडियो कन्फ्रेन्स अधिवेशनले सुर्खेतका जनकवहादुर सुनार सभापति रहने गरि १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपसभापतिमा सल्यानका धनश्याम नेपाली र दैलेखका युवराज सुनार, सचिवमा सुर्खेतका चित्र सुनार, सहसचिवमा सल्यानका दलवीर सुनार, काेषाध्यक्षमा सुर्खेतका भक्तवहादुर सुनार, सहकाेषाध्यक्षमा दैलेखका टेकबहादुर सुनारलाई चयन गरेकाे छ। जिल्ला तथा नगरतर्फका सदस्यहरुमा दैलेखका रामवहादुर विक, सुर्खेतका रेशम सेन्चुरी र विषयगत सदस्यहरुमा सल्यानका नाेखिराम सुनार, सुर्खेतका भुपेन्द्र सुनार चयन भएका छन् । यस्तै, एशाेसियट सदस्यहरुमा सुर्खेतका तिर्थ सुनार र वखते सुनार चयन भएका छन भने २ जना केन्द्रीय सदस्यहरुमा हर्क सुनार दैलेख, दलवहादुर सुनार सुर्खेतलाई पठाउने समेत वैठकले निर्णय गरेको महासंघका नवनिर्वाचित सभापति सुनारले जानकारी दिए। नवनिर्वाचित सभापति सुनारले सुनचादी व्यवसायीहरुका लागि वैकहरुले सुन सुर्खेतमै उपलब्ध गराउनु पर्ने र परम्परागत सीपलाई अाधुनिकीकरण गर्न सरकारले तालिम लगायतको व्यवस्था गर्नुपर्नेमा जाेड दिएका थिए।