२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरमा वेसमार्कको आउटलेट



सुर्खेत २२ असोज

हङकङको विश्व विख्यात ब्राण्ड वेसमार्कको शोरुम सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ। वडा नं ६ को वीरेन्द्र चोक नजिक खोलिएको शोरुमको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले एक समारोहका वीच उद्घाटन गरेका छन्।

विहीवार आउटलेटको उद्धाटन गर्दै रावतले अन्य व्यवसाय जस्तै यो व्यवसायवाट पनि शर्मा सफल हुने विश्वास व्यक्त गरे। उनले सुर्खेतको वजारमा यो ब्राण्डले सफलता हात पार्ने दृढता व्यक्त गरे।

सुर्खेतमा खाद्य सम्वन्धी थोक व्यवसाय गर्दै आएका धुर्व शर्माले उक्त ब्राण्डको आउटलेट खोलेका हुन्। उनले केही दिन अघि वाँकेको नेपालगंजमा समेत यहि ब्राण्डको आउटलेट खोली सकेका छन्। सवै आईटमहरु लेडिज वयरका लागि उपलब्ध छन् ।

वेसमार्कका लेडिज आईटमहरु मात्रै उपलब्ध हुने यो आउटलेटवाट महिलाहरुका लागि फेसन सम्वन्धी सवै प्रकारका सामानहरु उपलब्ध हुनेछ। महिलाहरुका लागि शिरदेखि पैतालासम्म लगाउने सबै प्रकारका कपडा जुत्ताहरु आउटलेटमा पाईने सञ्चालक शर्माले बताए ।

हङकङको ट्रेण्डमार्क भएपनि चाईनामा उत्पादन भै सोझै सामान नेपाल आउने र वितरकवाट सिधै शोरुम आई विक्री वितरण हुने भएकोले सामानहरुको मुल्य एकदम सस्तो पर्ने संचालक शर्माले जानकारी दिए।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार