२०८३ वैशाख ५ , शनिबार

सुर्खेतमा कोरोना खोप लगाउनेहरुको संख्या घट्यो : सरोकारवालाहरु चिन्तित



असोज २३, सुर्खेत

सुर्खेतमा कोरोना खोप लगाउनेको संख्यामा कमी आएको भन्दै खोप लगाउने केन्द्रसम्म मानिसहरु ल्याउन जनचेतना जगाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले वताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको डिसिसिएमसिको वैठकमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधी वाग्लेले खोप केन्द्रमा सेवाग्राहीहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘विभिन्न संघ संस्थाहरुलाई गुहार्दासमेत खोप लगाउन मानिसहरु आईरहेका छैनन्,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई वस्तुस्थितिवारेमा जानकारी गराउदै प्रमुख वाग्लेले भने,’खोपको आपूर्तिमा समस्या छैन ।’

उनले कर्णालीमा २३ प्रतिशतले पुरै डोज र ३४ प्रतिशतले सिंगल डोज कोरोना भ्याक्सिन लगाएको वैठकलाई जानकारी गराए । कोभिड अस्पतालहरु खाली हुँदै गएको भन्दै कर्णाली प्रदेशका कालिकोट र सुर्खेतमा वाहेक अन्यत्रका आईशोलेसन र कोभिड डेडिकेटड अस्पतालहरु पुरै खाली भएको प्रमुख वाग्लेले जानकारी दिए ।

वैठकमा नजिकिँदै गरेको चाडपर्वमा कोरोनाको संक्रमण दर वढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो । चैतदेखि भदौसम्म कोरोना संक्रमण वढ्ने र पुनः मंसिर पछाडि कोरोना रोगीहरु वढ्ने विगतको अनुभव रहेको भन्दै पूर्वसावधानी अपनाउन सम्वन्धित सरोकारवालाहरुले भूमिका खेल्नुपर्नेमा जोड दिईएको थियो ।

कार्यक्रममा यूयसएआईडीले कोरोना रोकथाममा खेलेको भूमिका, सरोकारवाला र संक्रमितहरुलाई गरेको सहयोगको वारेमा प्रस्तुतीकरण गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार