२०८३ असार १५ , सोमबार

काेईला वाल्दा आमासहित ४ काे मृत्यु



सुर्खेतको वीरेन्द्रनगर वडा नं १० वुदवुदीमा एकै परिवारका ४ जनाकाे मृत्यु भएको छ। शुक्रबार साँझ खाना खाएर काेठामा सुतेकाे अवस्थामा अन्दाजी ३७ वर्षकी कल्पना वुढा, उनका दुई छाेराहरु ९ बर्षकाे निरज वुढा र ६ वर्षकाे चिरञ्जीवी वुढाकाे मृत्यु भएको छ।

घटनामा मृतक कल्पनाका ५ वर्षिया भदै साेमराज वुढाकाेसमेत मृत्यु भएको मृतक कल्पनाका ७७ वर्षिय वृद्ध ससुरा वीरवहादुर विसीले जानकारी दिए। शुक्रबार साँझ काेठा बन्द गरेर सुतेका उनीहरुकाे मृत्यु भएको अन्दाजी २४ घण्टापछि शनिबार साँझ पाैने सात वजेतिर थाहा भएको हाे।

मृतक कल्पनाका ससुराले घटनास्थलमा सिद्धदर्शन दैनिकसंग भने, ‘ चिसाे लागेर खाेकिरहेकी वुहारीले काेईलाले सेक्ने भन्दै खाना खाईवरी काेठामा गएकी थिई। साथमा दुईवटा नाति र उनको भदै पनि सुत्न गएका थिए।’ उनलेे अाफु विहान उठेर ९ वजेतिर खानापिना खाएर वीरेन्द्रनगरकाे वसपार्क नजिकै एक धार्मिक कार्यक्रममा गएकाेे र अपरान्ह ४ वजेतिर फर्केर घरमा अाउदा वुहारी र नातिनातिना नदेखेकाे वताए।

‘घर वरिपरी खाेजे, छतमा गए, कतै भेटिन, उनीहरू सुत्ने गरेको काेठा बन्द थियाे, पछाडिवाट झ्याल तिर हेरे, त्याे पनि बन्द थियाे। शंका लागेर गाउँलेहरुलाई खवर गरे,’ घटना वारे उनलेे सुनाए। उनलेे वुहारीलाई रुघाखोकी लागेकाे र अागाेले सेक्ने भन्दै काेईला किनेर ल्याएको वताए। स्थानीयहरुले प्रहरीलाई खवर गरेपछि साढे ६ वजेतिर घटनास्थल पुगेको प्रहरीले ढाेका फाेडेर हेर्दा चारै जनाको मृत्यु भैसकेको थियो।

प्रहरीले स्थानीय व्यक्ति र जनप्रतिनिधिहरुकाे राेहवरमा ढाेका फाेडेकाे वताएकाे छ। घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसंधान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतवाट खटिएका प्रहरीले जनाए। मृतकका श्रीमान जाजरकोट भएको र उनी अाउनासाथ लास उठाईने घटनास्थलमा रहेका प्रहरीले जानकारी दिए। मृतकका श्रीमान् जाजरकोटकाे जागिरे छन।

उनकी जेठी श्रीमतीसमेत जाजरकोटमा जागिरे भएको स्थानीयहरुले जानकारी दिए। जेठी श्रीमतीवाट वालवच्चा नभएपछि दुवैको सल्लाहमा उनले कान्छी श्रीमती विहे गरेका थिए। कान्छी श्रीमतीवाट २ वटा छाेरा जन्मिएपछि छाेराहरु पढाउन सल्लाहले मृतक कल्पना सुर्खेतकाे वुदवुदीमा घर वनाएर वसेकी थिईन। चिसाेमा अागाे ताप्न दाउराकाे काेईला वाल्दा उनीहरूकाे मृत्यु भएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतबार