२०८३ वैशाख ५ , शनिबार

सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी



सुर्खेतको राजनीतिकाे केन्द्र वन्ने गरेको सुर्खेत उद्योग वाणिज्य संघमा फेरि एकपटक तालाबन्दी भएको छ। पटकपटक विवाद हुँने र राजनीतिकाे अखडा वन्ने गरेको संघवाट केही वर्ष पहिले नेकपा एमाले निकटका व्यवसायीहरु समूहगतरुपमा वाहिरिएसंग संघमा नेपाली कांग्रेसका दुई परम्परागत गुट वीच शक्तिसंघर्ष चलिरहेको छ।

हालका अध्यक्ष धनवहादुर रावतकाे कार्यकाल समाप्त हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष हर्षवहादुर खड्का र महासचिव लक्ष्मण कँडेल विचकाे शक्तिसंघर्ष अहिले ‘उफान’ मा पुगेको छ। कांग्रेस नेता हृदयराम थानी टिमका कँडेल र कांग्रेस उपसभापति पूर्ण खड्का टिमका खड्का दुवैले अध्यक्ष पदमा दाबी गरिरहेका छन्। अघिल्लोपटककाे निर्वाचनमा एमाले निकटका व्यवसायीहरुले सुर्खेत चेम्बर अफ कमर्स स्थापना गरेर संघका गतिविधिवाट पूर्णरूपमा अलग भएपनि पूर्व अध्यक्ष विष्णुवहादुर शाही नेतृत्वकाे एउटा सानाे समूहले खड्का समर्थक प्रकाश उप्रेतीकाे समूहलाई सहयाेग गरेको थियाे।

तर, निर्वाचनमा उप्रेती समूह पराजित भयाे। निर्वाचन नजिकिँदै गएसंगै पुनः विवाद र तालाबन्दी सुरु भएपछि संघका साधारण सदस्यहरु निराश भएका छन्। व्यवसायीहरुकाे हकहित भन्दापनि संघ राजनीतिकाे अखडा वन्नु दुखद भएको उनीहरूकाे भनाइ छ। संघकाे निर्वाचनकाे लागि अाजकाे वैठकले अागामी चैत २६ गते निर्वाचनकाे मिति ताेकेपछि संघको कार्यालयमा तालाबन्दी गरिएको छ। खड्का टिम निकटका व्यवसायीहरुले आफ्ना माग सम्बोधन नगरी एकाएक कार्यसमिति चयनका लागि चुनाव घोषणा गरिएको भन्दै तालाबन्दी गरेका हुन्। उनीहरूले चरणबद्धरुपमा आन्दोलनको घोषणा गर्दै शुक्रबार दिउँसो ताला लगाएका हुन्। संघका पदाधिकारीहरुको गत मंसिरमा बसेको वैठकले अागामी चैत २६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो।

महासचिव लक्ष्मण कडेलले गैर-व्यवसायीहरुलाई सदस्यता दिएको र अाफु निकट व्यवसायीहरुलाई नवीकरण गर्ने माैकासमेत नदिएको खड्का पक्षले अाराेप लगाएको छ। महासचिव कँडेलले गैर सदस्य भर्ना गरेर संघमा पकड वनाएकाे उनीहरूकाे अाराेप छ।संघ गैर व्यवसायीकाे अखडा वन्ने उनीहरूकाे चिन्ता छ। वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरु बाहिर भएमा संस्था र व्यवसायी दुवैलाई वेफाईदा हुने भएकाले अाफुहरुकाे माग सम्बोधन गर्नुपर्नेमा जाेड दिए।

१ हजार २ सय जना व्यवसायीहरुले नवीकरण गर्न नपाएको र उनीहरू संस्थाबाट बाहिर हुँदा संस्था र व्यवसायी दुवैलाई फाईदा नहुँने उनको तर्क छ। खड्काले कोभिडका कारण व्यवसाय नचलेकाले नवीकरणका लागि केही राहत दिन माग गरेकाे वताए। नविकरण नभएका व्यवसायीहरुको हकमा जरिवाना नलगाई पुनः नविकरण गरिदिन संघमा निवेदन दिदापनि सुनुवाइ नभएको उनको गुनासो छ। शुक्रबारको वैठकले कार्यसमितिको वहुमतले निर्णय गर्दै नवीकरण गर्न छुटेकोहरुकाे माग सम्बोधन नगर्ने निर्णय गरेको थियाे। त्यस लगत्तै नेपाली कांग्रेस सुर्खेतका पदाधिकारी सहितको खड्का निकटका व्यवसायीहरुकाे एक टाेलीले संघमा ताला लगाएकाे हाे।

संघका महासचिव लक्ष्मण कँडेलले भने संघलाई गैरव्यवसायीहरुवाट मुक्त गराउने उद्देश्य वमाेजिम निर्वाचनमा जाने निर्णय गरिएको दाबी गरे। विगतमा निर्वाचनमा मुखैमा निस्कने ४/५ काे सदस्यता यसपटक बन्द गरेको र सुर्खेतकाे पूर्वी क्षेत्रमा अर्को संघ खुलेकाले सवैकाे नवीकरण हुन नसकेको उनलेे वताए। हालसम्म१ हजार ८ सय भन्दा वढिले सदस्यता नविकरण गरिसकेकाले निर्वाचन कुनैपनि हालतमा नराेकिने उनलेे प्रष्ट पारे। कँडेलले ७/८ सय जति सदस्यता नविकरण गर्न बाँकी रहेको अाफुले सुनेको प्रतिकृया दिए।

दुई बर्षसम्म नविकरण नभएका व्यवसायीहरुको नविकरण गर्ने व्यवस्था विधानमै नभएकोले अाफुहरु त्याे मागमा सहमत हुन नसकेको उनको भनाइ छ। कँडेलले व्यवसायीहरुलाई यसअघि पनि सदस्यता नविकरण गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेकोले थप समय दिएर कुर्न नसकिएको वताए। विधान वमाेजिम अाफुहरुकाे कार्यकाल मंसिर महिनामै समाप्त भैसकेकोले निर्वाचन नगरी नहुने अवस्थामा अाफुहरु रहेको कँडेलले वताए।निर्वाचनको मिति नै घोषणा भईसकेपछि सदस्यता नविकरण गर्ने व्यवस्था विधानमा नभएकाले माग पूरा गर्न नसकिने उनको भनाई छ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार