२०८३ वैशाख ५ , शनिबार

कोरोनाको काराण देखाउदै नेपाली कामदार राेकियाे



दक्षिण कोरियाले नेपालसहितका आप्रवासी कामदारहरु भित्र्याउन रोक लगाएको छ।

कोरोना भाइरस संक्रमणदर पुनः तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको हो।

यसले गर्दा १४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै साेलस्थित नेपाली दूतावासले जानकारी गराएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाएका छन्।

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि उनले आग्रह गरे।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परिक्षा उत्तीर्ण गरी  दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्याका नेपाली युवाहरु रहेका छन्।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार