२०८३ वैशाख ५ , शनिबार

प्रचण्डले गरे गठवन्धन भत्किने र एमालेसंग मिल्ने संकेत



  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड)ले आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा  वर्तमान सत्ता गठबन्धन टुट्नसक्ने संकेत गरेका छन् ।

शनिबार एक अनलाइनसँग काठमाडौंमा कुरा गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे वालुवाटारमा सम्पन्न बैठक विना निष्कर्ष टुंगिए लगत्तै प्रचण्डले यस्तो संकेत गरेका हुन।

सरकारका तर्फबाट संसदका टेवल हुन लागेको एमसीसी संशोधन वा परिमार्जन नगरी हुबहू सम्झौता टेबल गरिए आफूहरु सरकारमा बस्न नैतिकरुपमा नमिल्ने प्रचण्डले प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई भनेपनि त्यसको प्रतिक्रिया प्रधानमन्त्री देउवाबाट सकरात्मक नआएपछि नेताहरु दाहाल र नेपाल निराश भएर फर्किएका थिए ।

सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने उनलेे स्पष्ट पारे। प्रचण्डले त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीले चाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले पनि नमिल्ने वताए ।

एमसीसीका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकाको आलोचना गर्दै एमसीसीको समस्या यो रुपमा गिजोलिनुमा एमाले नेतृत्व जिम्मेवार रहेको आरोपसमेत लगाए ।

प्रचण्डले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको भएपनि एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न अाफुले नसक्ने वताए।

सत्तागठबन्धनले स्थानीय तहको निर्वाचन सम्म जाने वा नजाने भन्ने विषयको प्रश्न धेरैतिरबाट धेरै मानिसहरूले सोध्ने गरेको बताएका प्रचण्डले आजका दिनसम्म गठबन्धन टुट्ने कुनै सम्भावना नदेखेकाे भन्दै प्रधानमन्त्रीदेखि गठबन्धनका सबै नेताहरूको चुनावसम्म गठवन्धन लिएर जानुपर्छ र सकियो भने चुनावपछि पनि लानुपर्छ भन्ने देखिएकोले गठबन्धन टुट्दैन भन्ने अाफुलाई लागेको वताए।

अस्थिर पात्रको रुपमा चित्रित भैरहेका प्रचण्डले नेपालको राजनीतिमा आफूलाई गतिशील नेताकाे रुपमा चिनाउन खाेजे। उनले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने उक्ति जाेड्दै अाफुले व्यवहारमा पनि शान्ति सम्झौतादेखि विभिन्न मानिसहरूलाई प्रधानमन्त्री बनाउने गरेको दृष्टान्त दिए।
उनलेे विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेकोले कहीँ दुर्घटना त हुँदैन भन्ने कुरामा पनि त्यत्तिकै सतर्कता अपनाउनुपर्ने वताए।

 कांग्रेसका नेता शेखर कोइरालासंग केही दिन अघि भएको भेटघाटकाे प्रसंग जाेड्दै अध्यक्ष प्रचण्डले शेखर काेईराला अाफु कहाँ आएकाे र विभिन्न विषयमा कुरा भएकाे उल्लेख गरे। काेईरालासंग राष्ट्रिय समस्याका बारेमा सकारात्मक कुरा भएको र गठबन्धनमा प्रती काेईरालाकाे खासै केही प्रश्न नभएको वताए ।

भेटमा स्थानीय चुनावमा तालमेलसँग सम्बन्धित कुरा भएको र त्यसलाई काेईरालाले अस्वीकार गरेको प्रचण्डले स्वीकार गरे।  स्थानीय चुनावमा जाँदा माओवादी कार्यकर्ताहरूले काँग्रेसलाई भोट हाल्नै सक्दैनन्, हाल्दैनन् र काँग्रेसले पनि माओवादीलाई र कम्युनिस्ष्टहरूलाई भोट हाल्न गाह्रो मान्छन् भनेर काेईरालाले भनेको उनले वताए।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार