नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सह-ईन्चार्ज गाेरखवहादुर बाेगटीले गठबन्धन सरकारको गलत हर्कतको सशक्त ढंगले प्रतिकारमा उत्रनुको बिकल्प नरहेकाे वताएका छन।
प्रधानन्याधिस चाेलेन्द्रशम्शेर राणा माथि दर्ता गरिएको महाअभियाेगले न्यायालयलाई आफ्नो कठपुतली बनाउने र नेपाली राजनीतिलाई निरन्तर अस्थिर बनाई लोकतन्त्रलाईनै कमजोर बनाउने खेलमा गठवन्धन लागेकाे उनलेे प्रष्ट पारेका छन्।
आफ्नो राजनीतिक दाउपेच तथा सत्तास्वार्थसिद्धिका लागि जस्तापनि कुकृत्य गर्न उद्धत रहदै अाराेप लगाउदै नेता बाेकटीले मुलुक र मुलुकबासीको हितप्रति कुठाराघात गर्दै आएको वर्तमान गठबन्धन सरकारकाे याे कदम त्यसैको निरन्तरता भएको उल्लेख गरेका छन्। पछिल्लो गलत हर्कत सफल नहुँने जान्दा-जान्दै गठबन्धनका केही दलले महाअभियाेग दर्ता गरेको उनको अाराेप छ।
महाभियोग प्रस्तावको उद्देश्य भनेकै बाध्यता स्वरुप घोषणा गरिएको स्थानीय निर्वाचनलाई अनिश्चित बनाई पर धकेल्ने,सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई प्रभाबित गर्ने,पेचिलो बन्दै गरेको एमसीसीको विषयप्रति अलमल सिर्जना गराउने,प्रधानन्यायाधीशलाई निलम्बनमा पारेको अवधिमा आफ्ना अनुकुलका कुकृत्यहरु पूरा गराउने,नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने भएकाे उनको ठम्याइ छ।
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार