अनेरास्ववियु वीरेन्द्रनगर नगर कमिटी, सुर्खेतको आयोजनामा सम्पन्न भएको छ।
प्रजातन्त्र दिवसको अवसरमा पारेर अाज रक्तदान कार्यक्रम सम्पन्न भएको हाे। एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममाअनेरास्ववियु बिरेन्द्रनगर नगर कमिटी, सुर्खेतको आयोजनामा आज प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटी सदस्य नबिन योगी, सचिवालय सदस्यहरु प्रेम खड्का, धुपेन्द्र शाही, प्रभात पोखरेल, केन्द्रिय सदस्य निकुञ्ज पाण्डे, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्यलगायतको उपस्थिति रहेको थियाे।
कार्यक्रममा सुर्खेत अनेरास्ववियु सुर्खेतका जिल्ला सचिब ललित खत्री, उपसचिव दिपक दिवारी, नेताहरु आशिष रेग्मी, मनिष चन्द र खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज थापासमेतको उपस्थित रहेको र २४ विद्यार्थी नेताहरुले रक्तदान गरेका थिए।
वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष प्रतिक शाहीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा विद्यार्थी नेताहरु आशिष आचार्य, सुरज थापा, शुभाष गौतम, प्रभात पोखरेल, ललित खत्री, दिवस खत्री, डुपेन्द्र खड्का, मनिष चन्द, नवीन रिजाल,प्रतीक शाही, दिपेन्द्र बृकट्टामगर, ईशादेवी खत्री, दिपक तिवारी, निकुञ्ज पाण्डे, खिम शाही, किरणकुमार खाती, तिलक बोगटी, प्रेम रावत, बासुदेब आचार्य, सुमन शर्मा, छबिलाल बिक, यकबहादुर खड्का, योगेश थापा, दिपेन्द्र केसीले रक्तदान गरेकाे सचिवालय सदस्य प्रेम खड्काले जानकारी दिए।