प्रजातन्त्र दिवसको अवसर पारेर सुर्खेतको सिम्ता गाउँ पालिकाकाे वडा नंवर ८ र ९ का अारुडाँडा र खान्ममा शनिबारदेखि बिजुली वत्ती वालिएकाे छ।
सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत सिम्ता गाउँपालिका, ग्रामीण विद्युतीकरण बिभाग र संघीय कोषको संयुक्त साझेदारीमा ११ हजार भोल्टको विद्युत बिस्तार गरिएको हाे। सिम्ताकाे वडा नं ८ र ९ काे ट्रान्सफर्मरवाट लाइन बिस्तार गरि बत्ती बालिएकाे हाे।
शनिबार वालिएकाे विजुलीवाट वडा नं ८ र ९ खान्म र अारुडाँडाका १ हजार २ सय १३ घरधुरी लाभान्वित हुनेछन्। दुई वडामा रहेका ३ हजार ३ सय ७१ घरधुरीमध्ये बाँकी घरधुरीका लागिसमेत काम भैरहेकाे र वढिमा अागामी चैत मसान्तसम्म अधिकांश घरधुरीमा वत्ती वालिसक्ने लक्ष्य रहेकाे गाउँ पालिकाका अध्यक्ष कबिन्द्रकुमार केसीले जानकारी दिए।
अाफु अध्यक्षमा निर्वाचित भएपछि पहिलो गाउँ सभावाट पाँच बर्षका लागि ३ वटा लक्ष्य सिम्ता उज्यालो, पहुँचमार्ग र जनतासँग सिम्ता गाउँ पालिका तय गरेकोमा विद्युतीकरणकाे काम अाफ्नाे कार्यकालमा करिबकरिब सकिने अध्यक्ष केसीले उद्घाेष गरे। अाफु अध्यक्षमा निर्वाचित हुने वेला सिम्ताका ५ सय ९२ घरधुरीमा मात्रै बत्ती पुगेको उनलेे जानकारी दिए।
उनलेे पहुँचमार्गकाे कामसमेत धमाधम भैरहेकाे जानकारी दिए। सहिद ऋषि स्मृति चक्रपथकाे काम भैरहेकाे र जनतासँग सिम्ता गाउँ पालिका अन्तर्गत विभिन्न कार्यक्रम भैरहेकाे वताए।
सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्रकुमार केसीकाे प्रमुख अातिथ्यतामा उक्त बिजुली वत्ती वाल्ने कार्यक्रमकाे अायाेजना गरिएको थियाे। चैत महिनाभित्रै ८ र ९ वडाका वाँकी ठाउँमा शाखा लाइन बिस्तार गर्ने याेजना बमोजिम काम भैरहेको अध्यक्ष केसीले जानकारी दिएका थिए।
बत्ती उद्घाटन कार्यक्रममा पुगेका नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य ऐनवहादुर चन्दले नेकपा एमाले नेतृत्वको सरकारले सिम्ताकाे विकासका लागि धेरै राम्रो काम गरेको दाबी गरे। चन्दले सिम्ता सरकारवाट नेकपा एमालेले लिएको सुखी नेपाली, समृद्ध नेपालकाे नारा साकार भएकाे र सिम्ताली जनताले विकास र सुरक्षाको प्रत्याभुती पाएकाे भन्दै प्रसंशा गरे।