नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गतका विभिन्न जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु सम्पन्न भएका छ्न ।
काठमाडौंमा शनिबार भएको सुर्खेत जिल्ला सम्पर्क मञ्चको १३ औं अधिवेशनवाट खेम केसी अध्यक्षतामा २७ सदस्यीय जिल्ला सम्पर्क मञ्च चयन गरिएकाे छ। जसको उपाध्यक्षमा मदनसिंह ठकुरी र चन्द्रावती सापकोटा, सचिबमा सुनाइल थापा, उपसचिवमा खड्कबहादुर खड्का, कोषाध्यक्षमा मिलन डिसी रहेका छ्न।
यसैगरी दैलेख सम्पर्क मंचको अध्यक्षमा बिशाल बिश्वकर्मा, उपाध्यक्षमा कटक शाही , सचिवमा छ्त्र थापा, उपसचिव माधवप्रसाद भट्टराई , उपसचिव राधा श्रेष्ठ चयन भएका छ्न।
मुगु जिल्ला सम्पर्क मञ्चकाे अध्यक्षमा सर्जन बराल चयन भएका छन। बरालकाे अध्यक्षतामा वनेकाे ३१ सदस्यीय कमिटीकाे उपाध्यक्षमा सोनाम पान्देन लामा र प्रेम शाही , सचिवमा नरेश शाही, उपसचिवमा बिर्ख रोकाय र कोषाध्यक्षमा नौला सिं नेपाली रहेको कमिटी चयन भएकाे छ।
यसैगरी, नेकपा एमाले हुम्ला काठमाडौं सम्पर्क मञ्चको ११औ अधिवेशनबाट अध्यक्षमा भरत रावत चयन भएका छन्। मंचकाे उपाध्यक्षमा सन्तोष शाही, सचिवमा बबरजंग शाही, उप- सचिवमा सुविस्त भण्डारी, कोषाध्यक्षमा दिपक बुढा चयन भएको जानकारी प्राप्त भएको छ।
सुर्खेत सम्पर्क मंचकाे अधिवेशन उद्घाटन पार्टी केन्द्रिय कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी सम्पर्क समन्वय कमिटी अध्यक्ष श्याम वस्नेत र कर्णाली प्रदेश सम्पर्क कमिटी सदस्य एवम् सांसद ध्रुवकुमार शाही र अतिथिहरुमा प्रदेश कमिटी सदस्यहरु हेमप्रकाश भुसाल, धनसिङ खड्का जिल्ला कमिटी सदस्य जसविर विश्वकर्मा लगायत उपस्थित रहेको प्रदेश कमिटी सदस्य धनसिं खड्काले जानकारी दिए।
प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार