“कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा छोडिएका छाडा पशुचौपायाको गोबरबाट जैविक मल, विषादी तथा बायोग्यास उत्पादन गर्न भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४० प्रतिशत र स्थानीय व्यवसायीको ६० प्रतिशत लगानीमा वीरेन्द्रनगरको सुब्बाकुनास्थित दुई विघा जग्गामा करिब १५ करोडको लागतमा निर्माण प्रक्रिया थालिएको छ।”
२०७६ साउनकाे महिनामा सुर्खेतका अधिकांश मिडियाहरुले याे समाचारलाई प्राथमिकताका साथ प्रकाशन/ प्रशारण गरेका थिए। वीरेन्द्रनगरका वजार क्षेत्रमा यत्रतत्र घुमिरहने चाैपायाहरुकाे साँच्चिकै व्यवस्थापन हुने भन्ने अाशामा वसेका स्थानीयहरु यतिबेला निराश वनेका छन्। प्रदेश सरकार र वीरेन्द्रनगर पालिकाले नीजि क्षेत्रसंगकाे सहकार्यमा व्यवस्थित गाैशाला निर्माण गर्ने अनि सडक/वजार नै ढपक्क ढाकिने गरिगरी देखिने छाडा गाईवस्तुहरु नियन्त्रण हुने स्थानीयहरुकाे विश्वास लगभग समाप्त भएको छ।
कर्णली प्रदेशमा नमुना गौशाला निर्माण गरी अर्गानिक उत्पादनलाई प्राथमिकता दिने दुवै सरकारले राखेको लक्ष्य असफल भएको हाे। गौशालाबाट उत्पादित जैविक मल र जैविक विषादी प्रयोग गरी अर्गानिक उत्पादन गर्ने र यसबाट उत्पादन गरिएको बायोग्यास स्थानीयलाई वितरण गर्नेसम्मकाे याेजना धुलिसात मात्रै भएको छैन सडक पुरै ढाक्ने गरि गाईवस्तु सडकमा देखिन्छन्।
छाडा पशु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले वनाएकाे याेजना असफल भएसंगै चाैपाया व्यवस्थापन चुनाैतीपूर्ण वनेकाे छ। वीरेन्द्रनगर छिर्ने समजीघाटकाे भेरी पुलदेखि वीरेन्द्रनगर वडा नं १ काे बाङ्गेशिमलसम्म छाडा गाईवस्तु भेटिने गरेका छन।
खासगरी रातकाे समयमा छाडा पशुले वालीनाली खाईदिने समस्या ठूलो छ। वीरेन्द्रनगर १ काे धारापानीमा मंगलबार राति छाडा गाईवस्तुले स्थानीयहरुले लगाएको वाली खाएर नष्ट गरिदिएको छ।
छाडा पशुकाे समस्यावाट अाजित भएर वीरेन्द्रनगर ११ पिपिराका स्थानीयहरुले उक्त ठाउँमा जम्मा भएका गाईवस्तु हिडाएरै वीरेन्द्रनगरदेखि पश्चिम गिरीघाट खाेला कटाएर फर्केका छन्। करिब २ सय छाडा गाईगाेरु लिएर उनीहरू गएका थिए।
नगर पालिका, ११ नं वडा कार्यालयमा छाडा पशुहरु नियन्त्रण गरिदिन अनुरोध गरेपनि कहिँकतै सुनुवाइ नभएको उनीहरूकाे गुनासो छ। असार साउन महिनामा देखिएका छाडा गाईवस्तु अहिलेसम्मपनि पिपिराका सडकमा वस्ने गरेको र लगाएका अन्नवाली र तरकारी खाईदिने समस्याकाे सुनुवाइ नभएपछि अाफुहरुले गाईवस्तुलाई जंगलमा लगेर छाेडेकाे स्थानीय तुलाराम अाचार्यले जनाए।
‘सरकार भेटिएन, त्यहि भएर अाफैले गाईवस्तु लिएर गिरीघाटसम्म छाेड्न लागेका छाै,’ वीरेन्द्रनगर वडा नं ४ काे कर्णाली केयर अस्पताल नजिक गाई लघार्दै गरेका अाचार्यले भने, ‘जनप्रतिनिधिहरुले जनताकाे अावाज सुन्नै छाेडे।’
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार