२०८३ वैशाख ४ , शुक्रबार

एमाले हुम्लामा सर्वसम्मतीकाे प्रयास, सचिव पद पूर्व माअाेवादीलाई दिईने



     नेकपा एमाले हुम्लाको नवाैं जिल्ला अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी गठन हुने भएको छ।  एमाले स्थायी कमिटी सदस्य गाेरखबहादुर बाेगटीकाे अध्यक्षतामा बसेकाे अध्यक्ष मण्डलले ९० सदस्यीय जिल्ला कमिटीमा ५ पदाधिकारी र अन्य ८५ सदस्यकाे विभाजन गरेकाे छ ।
८५ सदस्यमा १६ खुला, २० महिला समावेशी, ३ जनजाति, ६ दलित कलष्टरबाट जिल्ला कमिटीमा निर्वाचित हुने अध्यक्ष मण्डलका बाेगटीले जानकारी दिए।

यसैगरि जिल्लाका ४४ वटा वडामध्ये लिमी बाहेक ४३ वडाबाटै प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाउने बाेगटीले जानकारी दिए।
पदाधिकारी र खुला कार्यसमिति सदस्यवाहेक अन्यमा सर्वसम्मत भैसकेको हुम्लाका पत्रकार नवराज महताराले जानकारी दिए। उनका अनुसार अध्यक्ष मण्डलले सवै पदमा सर्वसम्मती गर्ने प्रयास गरिरहेकाे छ।
हुम्ला जिल्ला कमिटीकाे अध्यक्षमा ज्ञानी वुमी, कलवहादुर हमाल र डवल राेकायाले दाबी गरेका छन। नेकपा कालमा उनीहरू तीनै जना एमाले अध्यक्ष अाेलीकाे बिराेधी खेमामा सकृय थिए।
सचिवमा पूर्व माअाेवादीवाट अाएकाहरुलाई समेट्ने प्रयास भैरहेकाे महताराले जानकारी दिए। विगत ६ महिनाकाे अवधिमा माअाेवादी छाेडेर एमाले प्रवेश गर्नेहरुकाे ठूलो संख्या भएकोले नेतृत्व पूर्व माअाेवादीलाई समेट्नै पर्ने दवावमा छ।  सदस्यमासमेत पूर्व माअाेवादीवाट अाएकाहरुले ठाउँ पाउने महताराले वताए ।

प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार