सुर्खेतकाे वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि साढे ६ अर्ब बजेटकाे सुनिश्चितता भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्था र विश्व वैकवीच सुर्खेत उपत्यकामा खानेपानीको नयाँ परियोजनाका लागि सम्झौता भएको हाे।
संस्थाका अध्यक्ष कुलमणि देवकोटा र विश्व बैंकका प्रतिनिधि बीच शुक्रबार भएको समझदारीपछि बजेट सुनिश्चित भै अायाेजना निर्माण हुने पक्का भएको छ। अध्यक्ष देवकोटाकाे पहलमा अायाेजना स्वीकृत भै बजेट व्यवस्थापनसमेत भएको हाे।
आयोजना निर्माणका लागि ६ अर्ब ५६ करोड रुपैयाँ सुनिश्चित भएपछि अबको केही वर्षभित्रमा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयको समस्या समाधान हुने अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए।
भेरी नदीबाट सुर्खेत उपत्यकामा ५ सय ६६ लिटर प्रतिसेकेण्ड पानी ल्याउने र उक्त पानीले आगामी पचास वर्षसम्मको जनसंख्या वृद्धिदरलाई धान्ने बताइएको छ ।
भेरी नदीबाट लिफ्ट गरि वीरेन्द्रनगरको अमृत डाडाँमा पानी ल्याएर उपत्यकामा वितरण गरिने अध्यक्ष देवकोटाले जानकारी दिए। अध्यक्ष देवकोटाले आगामी असारमहिना भित्रै तीन अर्व ५६ करोड बराबरको मुख्य काम सम्पन्न गर्न टेण्डरको तयारी भएको जानकारी दिए।
बैंकले ६ अर्ब ५६ करोड रुपैंयाको ८० प्रतिशत रकम व्यहोर्नेछ भने बाँकी रकम स्थानीय उपभोक्ता, वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले व्यहोर्ने समझदारी भएको छ।