कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा माअाेवादी केन्द्रका प्रदेश कमिटी सदस्य ठम्मरवहादुर विष्टले सत्ता गठवन्धनले एमसीसी परियाेजना पास गर्ने नेकपा माअाेवादी र समाजवादी पार्टीकाे निर्णयकाे कडा शव्दमा विरोध गरेका छन। उनलेे दुई पार्टीले गरेको निर्णयले देश युक्रेन तर्फ रुपान्तर हुँदै गरेको वताएका छन्।
सांसद विष्टले यथास्थितिमा आत्मसमर्पण गर्ने वा सत्य र न्यायको लागि आफ्नो ज्यान बलिदान गर्ने बाहेक अरु सबै बिकल्पका ढोकाहरु बन्द भैसकेकाे भन्दै निराशा व्यक्त गरेका छन। विष्टले एमसीसीको बिषयमा देश, जनता र स्वाभिमानलाई धोती लगाएर कथित ब्याख्यात्मक टिप्पणीको नाममा सदनवाट एमसीसी पास गर्न न्वारनदेखिको बल लगाएर सरकारमा रहनु गलत भएको वताएका छन्।
उनलेे एमसीसी नै दुनियाको अन्तिम सत्य हो भनेर कुर्लिरहेका शक्तिहरुलाई जनताको तर्फवाट प्रश्न गर्दै दुईपक्ष बिच कागज गर्दा आफुले हात काटेर कुनै तमसुकमा सहीछाप गरेपछि घरमा गएर एक्लै मेरो ब्याख्या फलानो ढिस्कानोमा छ, तमसुकमा भएको कुरा मलाई चित्त बुझेन, मेरो त अर्कै ब्याख्यात्मक टिप्पणी छ भनेर भन्न नमिल्ने प्रष्ट पारेका छन।
अमेरिका र एमसीसीले कुनैपनि बुँदा संशोधन हुनै सक्दैन भनेकाे उल्लेख गर्दै सांसद विष्टले पटक-पटकका दस्ताबेज र भनाईहरुवाट प्रमाणित गरिसकेका र यस्तो कुरा घाम जस्तै छर्लङ्ग हुँदा पनि कसैले यहीँ कुरा बर्बराइरहन्छ भने या त उसले पुरै सन्तुलन गुमाएको छ या अनैतिक चरित्रको खाडलमा फसिसकेको छ भन्ने गम्भीर अाराेप लगाएका छन् ।
समयक्रमसंगै एमसीसीकाे पक्षमा उभिने नेपालका पार्टीहरु इतिहाँसको डाइनासोर हुँने र नेपाल नयाँ युक्रेन बन्ने उनले ठाेकुवा गरेका छन। सत्तावादी पार्टीहरु एमसीसीको पक्षमा हुने कुरा निश्चित भएको भन्दै जनताको आन्दोलन र संघर्ष नै अन्तिम विकल्प भएको भन्दै अान्दोलनमा उत्रन जनतालाई अाव्हान गरेका छन।
अब जनताको लडाई नेपालका सरकारी पार्टीहरुसंग मात्र नभई यसको पक्षधर राष्ट्र अमेरिका र उसको फौंजी शक्ति नाटोसँग समेत हुने र यसको तयारी गर्नुपर्ने उनले चेतावनी दिएका छन्।
प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार