अमेरिकी सहयोग कार्यक्रम अन्तर्गतको एमसीसी परियोजना संसदबाट पास गर्ने माओवादीको निर्णय विरुद्ध पर्वतका माओवादी नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् । पाटीको आधिकारिक र संस्थागत निर्णय तल्याउँदै प्रचण्डले एमसीसी सदनबाट पास गर्ने निर्णय गरेसंगै माओवादी निकट नेता तथा कार्यकर्ताले उक्त पाटी छोडेको घोषणा गरेका हुन् ।
यसअघि एमसीसीको विपक्षमा रहेको माओवादीले सत्तामा रहिरहनकै लागि कांग्रेसको पछि लागेर एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णयको विरुद्धमा कार्यकर्ता देखिएका हुन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले अव माओवादी पनि राष्ट्रघाती पाटीको रुपमा आफूलाई दर्ज गरेको भन्दै पाटीको निर्णयका कारण पाटीबाट अलग रहेको घोषणा गरेका छन् ।
यस्तो घोषणा गर्नेहरुमा माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर समेत रहेका छन् । एमसीसीका पक्षमा पाटीले निर्णय गरे आफू उक्त पाटीबाट अलग हुने कुँवरले यस अघि नै निर्णय गरिसकेका थिए। माओवादी पाटी भित्र राष्ट्रबादी र शालिन नेताको रुपमा परिचित कुँवरले सामाजिक सञ्जाल मार्फत यस्तो घाेषणा गरेका हुन ।
यसैगरी, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल, फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगायतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका हुन् । आज मात्रै नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेस मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुण दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढि कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।