नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कर्णाली प्रदेशकाे प्रथम विस्तारित वैठक सुर्खेतकाे वीरेन्द्रनगरमा सुरु भएको छ। ‘जिम्मेवार व्यवसाय विकास र समृद्धिमा हाम्रो प्रतिवद्धता, लगानीकाे सुनिश्चितता र राेजगारीकाे सृजना अाजकाे अावश्यक्ता’ भन्ने मूल नाराका साथ सुरु भएको विस्तारित वैठकमा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रतिनिधिहरुकाे सहभागीता छ।
विस्तारित वैठककाे उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद एलपी साँवाले संसारभरका व्यवसायीहरुलाई काेराेनाले तहसनहस पारेको भन्दै यसवाट नेपालपनि यसवाट अछुतो नभएको वताए।
कर्णालीका सवै जिल्लामा कमिटी गठन भएपनि सकृय नभएका जिल्ला कमिटीहरु परिवर्तन गरि कामकाजी कमिटी वनाउन निर्देशन दिए। उनलेे अागामी चैत १५ भित्र महासंघका पालिका स्तरीय कमिटीहरु वनाईसक्ने गरि अाग्रह गरे।
कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनाेद शाहले पार्टीका जनवर्गीय संगठनहरुकाे महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै समाजवादकाे अाधार निर्माण गर्न सवैपक्ष लाग्नुपर्ने वताए।
कार्यक्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य लक्ष्मीप्रसाद पाेखरेल, केन्द्रीय कमिटी सदस्य राजवहादुर वुढा, एमाले दैलेख जिल्ला कमिटी अध्यक्ष रवीन्द्रराज शर्मा लगायतको उपस्थिति रहेकाे थियो।
बैठक महासंघका कर्णाली प्रदेश अध्यक्ष एवम् कर्णाली प्रदेश सभा सदस्य खड्कवहादुर खत्रीकाे अध्यक्षतामा भएकाे थियाे।
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार