एमसीसी पास गरेको भन्दै अाक्रोशित भएका अान्दोलनकारीहरु अनियन्त्रित वन्दै गएपछि सुर्खेत प्रशासनले कर्फ्यु अादेश जारी गरेको छ। दिनभर वीरेन्द्रनगरमा भएको बन्द र प्रदर्शनपछि साँझपख झनै हिंसात्मक रुप लिन थालेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरका विभिन्न स्थानहरु ताेकेर कर्फ्यु अादेश जारी गरेको हाे।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार अहिले राति सवा ८ बजेदेखि भाेली साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हाे। अादेशमा वीरेन्द्रनगर उपत्यकाकाे पूर्व धुलियाविट, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा लाटिकाेईली/ काँक्रेबिहार र उत्तरमा वीरेन्द्रनगर वडा नं ७ काे वडा कार्यालय भित्र अनुमति बेगर हिडडुल गर्न प्रतिबन्द लगाईएकाे छ। अादेशकाे अटेरी गरेमा सुरक्षाकर्मीले गाेलीसमेत चलाउन सक्ने चेतावनी दिएको छ।
यसअघि वीरेन्द्रनगरकाे मंगलगढी चाेक, एरिचाेक, वुलवुले चाेक र एयरपोर्ट चाेकमा प्रदर्शनकारीहरुले दिनभर टायर बाल्ने र सवारी साधनहरु राेक्ने गरेका थिए। एरिचाेकमा अान्दोलनकारीलाई सडकवाट हटाउन हम्मेहम्मे परेको थियाे। साँझ पर्दै जाँदा प्रहरी नै डिफेन्सिभ अवस्थामा पुगेको थियाे।
दिनभर प्रहरीसंग लडेको अान्दोलनकारीहरुकाे समूह साँझ ६ वजेपछि एरिचाेकवाट मंगलगढी हुदै पार्टी कार्यालयहरु र नगर प्रहरी कार्यालयतर्फ वढेकाे थियो। नेपाली कांग्रेस पार्टी कार्यालय ताेडफाेड र अागजनी गर्न लागेका अान्दोलनकारीहरुलाई प्रहरीले राेकेकाे थियो।
त्यसपछि अनियन्त्रित बनेको भीडले एमाले पार्टी कार्यालयकाे गेटमा अागजनी गरेको थियाे। माअाेवादी पार्टी कार्यालयतर्फ ताेडफाेड र अागजनी गर्न अघि वढेकाे भीडलाई प्रहरीले तितरबितर पारेको थियाे। तितरबितर भएको समूहले मंगलगढी चाेक पुगेर प्रहरी बिटमा अागजनी गरेको थियाे।
उक्त समूहले अागजनी गर्दै साँझ ८ बजे पुनः एरिचाेक पुगेर अागजनी गरेकाे थियो। एरिचाेककाे प्रहरी विट पनि अान्दोलनकारीले ताेडफाेड र अागजनी गरेकाे थियो।
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार