नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको ६८ औं बैठक सम्पन्न भएको छ ।
आज वसेको वैठकमा संबैधानिक निकायहरू रहेको रिक्त स्थानको पूर्णताका लागि नेताहरूले महत्त्वपूर्ण सुझाव दिएका थिए ।
पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय र महासचिव विष्णु पौडलले आगामी १० दिनभित्र ठोस प्रस्ताव तयार गर्ने निर्णय भएको छ ।

यस्तै दुई दिन अघि बैठकमा मन्त्रिपरिषदको बैठकमा आ–आफ्ना सुझावहरू दिइएको र सोही वमोजिम प्रधानमन्त्रीले पूनर्गठन गर्ने निर्णय समेत भएको छ ।
नेकपाका दुबैजना अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै अवधि वैठकमा सहभागी भएको एवं पेरिसडाँडा र बालुवाटारमा दुई दिनसम्म भएको बैठक सौहार्द्रपूर्ण एवं हार्दिक बातावरणमा संचालन गरिएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार