२०८३ वैशाख ५ , शनिबार

स्कीलअपकाे १ दिने कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न



      सुर्खेतको वीरेन्द्रनगरमा सिप्रेड ( स्किल अप परियाेजना ) ले १ दिने कृषि व्यवसायसंग सम्वन्धित सराेकारवालाहरुकाे कार्यशाला गाेष्ठी सम्पन्न गरेको छ।
सुर्खेत जिल्लाका वैक तथा वित्तीय संस्था, कर्णाली प्रदेशकाे कृषि मन्त्रालय, सिटिईभिटी, तरकारी व्यवसायी, कृषि उद्यमी, हाेटल अशाेसियशन लगायतको सहभागीतामा भएको कार्यशालामा स्कील अप परियोजनाका कार्यक्रम संयोजक रामभक्त न्याैपाने र जनज्योति माध्यमिक विद्यालय वराहतालका प्रधानाध्यापक नारायण सिग्देलले सहजीकरण गरेका थिए।
कार्यशालामा सिटिईभिटीका प्रदेश प्रमुख यादव सुवेदीले स्कील अप परियाेजनावाट तालिम लिएका कृषि उद्यमीहरुलाई उद्यमशीलताकाे विकास गर्न र व्यवसायकाे दिगाेपनाकाे निम्ति सम्वन्धित सराेकारवालाहरु वीच समन्वय गरि आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
परियोजनावाट तालिम लिएका उद्यमी तथा विद्यालयलाई आर्थिक, प्राविधिक, तथा संस्थागत व्यवसायीक क्षमता अभिबृद्धि तथा व्यवसायकाे दिगाेपनाकाे लागि समन्वय गर्ने उद्देश्य राखिएको छ।
कार्यशालाकाे अध्यक्षता जनज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वराहताल गाउँ पालिका वडा नं ५ का अध्यक्ष तिलक मर्स्याङीले गरेका थिए।
स्कील अप परियोजना नेपालका सुर्खेत, सल्यान र कञ्चनपुर जिल्लामा लागू गरिएको छ। याे परियाेजनाले ती जिल्लाका ३ हजार घरधुरीलाई समेटेको कार्यक्रम संयोजक न्याैपानेले जानकारी दिए।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार