२०८३ वैशाख ५ , शनिबार

हेग पुर्‍याईने डरले एमसीसी पास गर्याै: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई हेग लैजाने षड्यन्त्र भैरहेकाले एमसीसी पारित गर्न सहमत भएको स्वीकार गरेका छन्।
उनलेे माओवादी सहमत नहुँदा कांग्रेस एमाले मिलेर पास गर्ने र त्यसपछि माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजाने तैयारी गरिएको उनलेे वताएका छन्। उनलेे यहीँ षड्यन्त्र परास्त गर्न ब्याख्यात्मक टिप्पणीको साहारा लिईएकाे प्रष्ट पारेका छन् ।
पटकपटक स्थगित हुँदै शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले जनयुद्ध लडेका माओवादीहरुलाई शान्ति प्रक्रियाको चिन्ता रहेको भन्दै नारायणकाजीलाई कटाक्ष गरे।
उनलेे युद्ध लडेका आफुसहित सबैलाई हेगमा पुर्याउने अवस्था सिर्जना भएकाले एमसीसी पारित गर्नैपर्ने बाध्यता भएको लाचारी प्रकट गरे।

नेता नारायणकाजी श्रेष्ठले हेग लैजाने त्रास देखाएर प्रचण्डले पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए । उनलेे असहमति भएपनि पार्टी नफुटाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार