राष्ट्रिय जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेश स्तरीय भेला अाईतवार सुर्खेतकाे वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
ने क पा (एमाले) का स्थायी कमिटी सदस्य गाेरख बाेगटीकाे प्रमुख अाथित्यतामा भएको कार्यक्रममा सुर्खेत लगायत कर्णाली प्रदेशका १० अाेटै जिल्लाका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियाे।
भेलामा प्रमुख अतिथि वाेगटीले कर्णाली प्रदेश कला र संस्कृतकाे धनी भएको उल्लेख गरे। उनलेे महासंघ एमाले पार्टीकाे अभिन्न संगठन भएको भन्दै गीत संगीत र नृत्यका माध्यमवाट जनतालाई सुसूचित गर्ने काम जारी राख्न अनुरोध गरे।
एमाले केन्द्रीय सदस्य नवराज रावत, कर्णाली प्रदेश अध्यक्ष बिनाेद शाह, जिल्ला अध्यक्ष अमृत विसी लगायतले भेलाकाे सफलताको शुभकामना दिएका थिए। कार्यक्रमकाे उपादेयता वारेमा महासंघका कर्णाली प्रदेश ईन्चार्ज प्रा.डा. जिवेन्द्रदेव गिरीले स्पष्ट पारेका थिए।
यसैविच भेलामै अवसर पारी राष्ट्रिय जनसाँस्कृतिक महासंघ सुर्खेतकाे जिल्ला कमिटी गठन गरिएको छ। अशाेक बस्नेतकाे अध्यक्षतामा गठित कमिटीकाे उपाध्यक्षमा लक्ष्मी खडका र बालकृष्ण खरेल, सचिबमा भूमिका परियार, काेषाध्यक्षमा सन्ध्या परियार, सहसचिवमा सुशील गिरी चयन भएका छन्।
सदस्यहरुमा तिलक गन्धर्व ,युवराज पंगाली, सुनिता नेपाली,अर्जुन तिरुवा, विवेक अाचार्य, दुर्गा हमाल, सीता विक, राम प्रसाद कँडेल, महेन्द्र विसी र भुपेन्द्र विसी रहेका छन्।
यसैगरी अाईतवार नै महासंघ सुर्खेतको चारवटा साँस्कृतिक घटक संगठनहरु पनि गठन गरिएको छ। राष्ट्रिय जनसङ्गीत कलाकार संघकाे १३ सदस्यीय समितिकाे अध्यक्षमा अशाेक वस्नेत, राष्ट्रिय जननाट्यकर्मी संघ नेपालकाे ९ सदस्यीय कमिटीकाे अध्यक्षमा बालकृष्ण खरेल, राष्ट्रिय ललिताकला संघ नेपालकाे ९ सदस्यीय कमिटीकाे अध्यक्षमा सुशील गिरी, राष्ट्रिय जनसाहित्य संघ नेपालकाे ११ सदस्यीय कमिटीकाे अध्यक्षमा रामप्रसाद कँडेल चयन भएका छन् ।
साथै भेलाले कर्णालीका सबै जिल्लाहरुमा महासंघका घटक सँगठनका साथै जिल्ला महासंघहरु अागामी चैत ५ गतेभित्र गठन गरिसक्ने कार्ययोजनासमेत बनाएको छ ।
प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार