विभित्र राजनीतिक दाँउपेचमा फसेको कर्णाली प्रदेशकाे सवैभन्दा ठूलो एयरपोर्ट विस्तार नहुने निश्चित भएको छ। आईतवार भएको सराेकारवालाहरुकाे भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेत बिमानस्थल बिस्तार गर्न यसअघि राेकिएका जग्गाहरु फुकुवा गर्ने घाेषणा गरेका छन।
जनताका लागि नयाँ विकल्प खोज्ने र नयाँ कार्ययोजनाका साथ अगाडि बढ्नका लागि सुर्खेत बिमानस्थल बिस्तारको जग्गा फुकुवा गरेकाे उनलेे वताएका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित परिणाममुलक छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले सबै पक्षको सहमति अनुसार पुर्व पश्चिम हुनेगरि सुर्खेत बिमानस्थलकाे विकास तथा विस्ताको नयाँ विकल्प खोज्ने प्रतिबद्धता जनाउँदै राेकिएका जग्गाहरु मौखिक रुपमा फुकुवा गरेका छन्।
मुख्यमन्त्री शाहीले जग्गा फुकुवाको निर्णय गरेपनि भित्रीरुपमा भने जग्गाको कारोबारो भईराखेको थियो।
बिमानस्थल पुन: बिस्तार सम्बन्धमा भएको विवादका कारण स्थानीयहरुले निक्कै दु:ख पाएका थिए।
मुख्यमन्त्रीसंगकाे छलफलमा पीडितहरुले आफ्ना छोराछोरीलाई राम्रो ठाँउमा पठनपाठन गराउन नपाएकाे, घर चुहिने भएपनि नयाँ घर बनाउन नपाएकाे, घरको तला थप्न नपाएको, घरजग्गा वैक तथा बित्तीय संस्थामा राखी ऋण लिन नपाएकाे गुनासो गरेका थिए।
सवैका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले नयाँ विकल्प नभएसम्म सुर्खेत बिमानस्थल बिस्तारको जग्गा फुकुवा गरेको जानकारी गराए। नयाँ विकल्प आयो भने बिमानस्थल बन्ने नत्र अहिले भैरहेकै ठाँउवाट सेवा जारी गरिने बताए।
यसअघि सरकारले विमानस्थल फिनिसिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा रहेका जग्गाहरुकाे लगत कारोबार रोक्का गरेको थियो।
प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार