२०८३ वैशाख ४ , शुक्रबार

जुनिचादेमा माओवादीबाट निर्वाचित वडा सदस्यसहित एकसय बढी एमाले प्रवेश



      जाजरकाेटकाे जुनिचाँदे गाउँ पालिकामा १ सय वढीले एमाले पार्टी राेजेका छन्। स्थानीय तहकाे निर्वाचन नजिकिदै गर्दा जाजरकोटमा एमाले प्रवेशकाे लहर नै चलेको छ।
एकीकृत नेकपा माओवादी केन्द्रबाट जुनिचाँदेकाे वडा नं ४ वाट निर्वाचित वडा सदस्य लालबहादुर खड्काकाे नेतृत्वमा ५७ जना एमाले प्रबेश गरेका छन। नेकपा माओवादी केन्द्रका प्रभावशाली व्यक्तिहरुकाे एमाले प्रवेशले जाजरकोटमा हलचल मच्चिएको एक स्थानीयले वताए।
यसैगरी, नेपाली कांग्रेस जुनिचाँदे गाउँ कमिटीका सदस्य कृष्णबहादुर शाहकाे नेतृत्वमा ५३ जना कांग्रेस कार्यकर्ताहरु एमाले प्रवेश गरेकाे सचिव गिरीले वताए।
एमाले जाजरकाेटले जुनिचाँदेमा साेमवार आयोजना गरेकाे जनसभामा जुनिचादे गाउँपालिकाका विभिन्न वडाबाट १ सय १० जनाले एमाले प्रबेश गरेकाे एमाले जाजरकाेटका सचिब बिरबहादुर गिरीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार