वीरेन्द्रनगरकाे वडा नं १ धारापानीका एक वालक झुन्डिएको अवस्थामा फेला परेका छन्। आठ वर्षका ती बालकले आत्महत्या गरेकाे वताईएपनि माेवाईलवाट टिकटक वनाउन अभिनय गर्ने क्रममा कुकुर बाध्न झुन्डाईएकाे डाेरीकाे पासाेमा परेर ज्यान गुमाएको हुनसक्ने स्थानीयहरु वताउँछन।
एक स्थानीयका अनुसार घरमा काेही नभएको वेला कुकुर वाध्ने डाेरीलाई अाफ्नाे घाटीमा लगाई टिकटक वनाउन लाग्दा खसेर डाेरी सुर्किएकाे हुनसक्छ। माेवाईलमा लत लागेका उनी माेवाईल नभए वस्नै नसक्ने अवस्थामा पुगेका थिए।
वीरेन्द्रनगर नगरपालिका वडा नं १ धारापानीका ती बालकले (नाम गोप्य राखिएको छ) घरमै आत्महत्या गरेकाे हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बुवासँग मोवाईल किन्न भनेको तर, नकिनेपछि आत्महत्या गरेको हुनसक्ने परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
आठ वर्षको बालक झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको र अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए। सानो उमेरमा बच्चा झुण्डिएर आत्महत्या गर्नु सवैका लागि अच्चमको विषय भएकाले प्रहरीले गहिरो अनुसन्धान गर्ने उनलेे जानकारी दिए।